२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋतिक रोशनले जिते उत्कृष्ट अभिनेताको अवार्ड



अ+ अ-

एजेन्सी । आइफा २०२३ अवार्ड अन्तर्गत ऋतिक रोशनले चलचित्र ‘विक्रम वेधा’का लागि उत्कृष्ट अभिनेताको उपाधि जितेका छन् । शनिबार अबु धाबीमा भएको अवार्ड समारोहको संचालन विक्की कौशलले गरेका थिए । ऋतिकले अवार्ड जितेपछि विक्कीले उनलाई स्टेजमा नाच्न आग्रह गरे ।

यसपछि ऋतिक रोशनले फिल्म ‘कहो ना प्यार है’को गीत ‘एक पल का जीना’ मा स्टेजमा आफ्नो हुक स्टेप देखाए । यससँग सम्बन्धित भिडियो पनि सामाजिक सञ्जालमा बाहिर आएको छ ।

अवार्ड पाएपछि ऋतिक रोशनले छोटो मन्तव्य दिएका थिए । उनले भने – ‘वेधाको सुरुवात अबुधाबीमा नै भएको थियो । मैले यस फिल्मका लागि पहिलो शट यहाँ दिएँ । मलाई वेधासँगको मेरो जीवन जहाँ सुरु भयो त्यहीँ फर्किएजस्तो लाग्छ । वेधाले मलाई मेरो व्यक्तित्वको त्यो पक्ष देखाएको छ जसको बारेमा म आफै अनभिज्ञ थिएँ ।’

आइफा २०२३ मा गंगुबाई काठियावाडीका लागि आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । योसँगै अनिल कपूरले फिल्म ‘जुग जुग जियो’का लागि ‘बेस्ट एक्टर इन सपोर्टिङ रोल’को अवार्ड जिते । यस्तै, कमल हसनले ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट इन इन्डियन सिनेमा’ अवार्ड पाएका छन् ।