२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल उपाधिका लागि चेन्नई र गुजरात प्रतिस्पर्धामा



अ+ अ-

एजेन्सी । झण्डै दुई महिना चलेको १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को आज समापन हुँदैछ । उपाधिका लागि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् । खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।

लिग इतिहासमा पहिलो पटक दुवै टोली फाइनलमा भिड्दैछन् । गुजरातको यो दोस्रो सिजन मात्र हो, गत वर्ष टोली च्याम्पियन बनेको थियो तर चेन्नई भने समूह चरणबाटै बाहिरिएको थियो ।

नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान हो । यस खेलमा गुजरातले अहिलेसम्म नौ खेल खेलेको छ जसमा उसले छ जित र तीन हार बेहोरेको छ । अर्कोतर्फ चेन्नईले यस मैदानमा अहिलेसम्म तीन खेल खेलेको छ र तीनवटै हार बेहोरेको छ । नरेन्द्र मोदी स्टेडियम पहिले सरदार पटेल स्टेडियम, मोटेरा भनेर चिनिन्थ्यो ।

गत आईपीएल सिजनमा लखनऊ र गुजरातबाट २ नयाँ टोली थपिएका थिए । दुवै प्लेअफमा पुगेपनि गुजरातले उपाधि जितेर सबैलाई चकित बनाएको थियो । यसपटक पनि करिब सोही खेलाडीसहित टोली प्रतियोगितामा प्रवेश गरेको छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात उपाधि रक्षा गर्न दबाबमा रहनेछ । टोलीले यो सिजन हालसम्म कुल १६ खेल खेलेको छ (लिग चरण र प्लेअफ), जसमा उसले ११ जित र पाँचमा हार बेहोरेको छ ।

चेन्नईविरुद्धको टोलीका ४ विदेशी खेलाडी डेभिड मिलर, राशिद खान, नूर अहमद र जोशुआ लिटल हुन सक्छन् । यी बाहेक मोहम्मद शामी, शुभमन गिल र हार्दिक पाण्ड्याजस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

चेन्नईका लागि धोनीको सबैभन्दा ठूलो चुनौती तीन शतक र ८५१ रन बनाएका शुभमन गिलको ब्याटमा अंकुश लगाउनु हुनेछ । साथै मोहम्मद शामी (२८ विकेट), राशिद खान (२७ विकेट) र मोहित शर्मा (२४ विकेट)ले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका छन् । गिल बाहेक पाण्ड्याले पनि ब्याटिङमा ३२५ रन बनाएका छन् ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स प्रतियोगिताको सबैभन्दा सफल टोली मध्ये एक हो । टोलीले प्रतियोगितामा मुम्बई (पाँच उपाधि) पछि सबैभन्दा बढी चार पटक उपाधि जितेको छ । १४ सिजन मध्ये१२ पटक प्लेअफ पुगेको चेन्नई १० औं पटक फाइनल खेल्दैछ ।

चेन्नईले यो सिजन हालसम्म खेलेका १५ खेल (लिग चरण र प्लेअफ) मध्ये ९ जित र पाँचमा हार बेहोरेको छ । साथै एक खेल वर्षाका कारण रद्द भएको थियो । गुजरातविरुद्ध डेभन कोनवे, मोइन अली, महिश तीक्षाना र मथिशा पथिराना टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् ।

यस सिजन चेन्नईका लागि कोनवेले १३ खेलमा ६२५ रन, ऋतुराज गायकवाडले ५६४ रन र अजिंक्य रहाणेले २९९ रन बनाएका छन् भने शिवम दुबेले ३८६ रन बनाएका छन् । यस आईपीएलमा दुबेले ३३ छक्का प्रहार गरेका छन् । बलिङमा पथिरानाले १७ र देशपाण्डेले २१ विकेट लिएका छन् ।

हेड टु हेडको कुरा गर्ने हो भने दुई टोलीबीच हालसम्म जम्मा चार खेल भएका छन् जसमा गुजरातले तीन पटक र चेन्नईले एक पटक जित हात पारेको छ ।

नरेन्द्र मोदी स्टेडियमको पिचले ब्याट्सम्यानलाई धेरै सहयोग गर्छ । चेन्नईको एमए चिदम्बरम स्टेडियमभन्दा यहाँ बिल्कुल उल्टो वातावरण हुनेछ । यदि फास्ट बलरहरूको लागि गति र बाउन्स हुन्छ भने, आउटफिल्ड पनि छिटो हुनेछ । यो पिचमा स्पिन बलरलाई निकै समस्या छ । साँझमा शीतले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यो सिजन नरेन्द्र मोदी मैदानमा कुल आठ खेल खेलिएका छन्, जसमा गुजरातले पाँच जित र तीन हार बेहोरेको छ । यहाँ पहिले ब्याटिङ गर्ने टोलीले पाँच पटक जितेको छ भने पछ्याउने टोलीले तीन पटक जितेको छ । यस मैदानमा गुजरात र चेन्नईबीच एउटा मात्र खेल भएको छ, जसमा गुजरात विजयी भएको छ ।

आइतबार अहमदाबादमा बादल लाग्नेछ, दिउँसो हावा चल्ने छ । वर्षाको सम्भावना छैन । तापक्रम २७ देखि ३९ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
गुजरात टाइटन्स: हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, ऋद्धिमान साहा (विकेटकिपर), डेभिड मिलर, राहुल तेवाटिया, विजय शंकर, राशिद खान, नूर अहमद, मोहम्मद शामी, मोहित शर्मा र जोशुआ लिटल ।

इम्प्याक्ट प्लेयर्स: साई सुदर्शन, श्रीकर भरत, ओडियन स्मिथ, आर साई किशोर र शिवम मावी ।

चेन्नई सुपर किंग्स: महेन्द्र सिंह धोनी (कप्तान र विकेटकिपर), डेभोन कोनवे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, शिवम दुबे, मोइन अली, रविन्द्र जडेजा, दीपक चाहर, महिश तीक्षाना, मथिशा पथिराना र तुषार देशपाण्डे ।

इम्प्याक्ट प्लेयर्स: अम्बाती रायडु, मिचेल सान्टनर, एस सेनापति, शेख राशिद र आकाश सिंह ।