१५ भाद्र २०८३, सोमबार
,
Latest
शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल फाइनलमा वर्षा भए के हुन्छ ?



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को आज समापन हुँदैछ । उपाधिका लागि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । त्यसअघि समापन समारोहको आयोजना गरिँदैछ । जसमा गायक डिभाइन, जोनिता गान्धी र राजा डीजे न्यूक्लिया सहभागी हुनेछन् । बीसीसीआईले यसको पुष्टि गरेको छ ।

यदि आज फाइनलमा वर्षा वा अन्य कुनै कारणले एक बल पनि नफ्याँकी फाइनल खेल हुन सकेन भने गुजरात टाइटन्स विजयी हुनेछ ।

आईपीएलको नियम अनुसार २०–२० ओभरको खेल वर्षाका कारण हुन नसकेमा पाँच ओभरको बनाइनेछ भने पाँच ओभरको खेल नभएमा एक ओभरको सुपर ओभर हुनेछ ।

त्यसपछि एक ओभर पनि हुन सक्ने अवस्था नआएमा अंक तालिकामा बढी अंक जोडेको टोली विजेता बन्नेछ । यस्तो अवस्थामा लिग चरणमा गुजरात २० अंकका साथ शीर्ष स्थानमा थियो भने चेन्नई १७ अंकसहित दोस्रो स्थानमा रह्यो ।