९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

उपाधि होडमा रहेको मछिन्द्र बराबरीमा रोकियो, एपिएफद्वारा जावलाखेल पराजित

उपाधि होडमा रहेको मछिन्द्र बराबरीमा रोकियो, एपिएफद्वारा जावलाखेल पराजित
अ अ+ अ-

काठमाडौँ । उपाधि होडमा रहेको मछिन्द्र फुटबल क्लव विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरीमा रोकिएको छ ।

त्यस्तै अर्को खेलमा एपिएफले जावलाखेल युथ क्लवलाई पराजित गरेको छ । शहीद स्मारक ए डिभजिन लिगको खेलहरुमध्ये ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा आर्मीले लिएको शुरुवाती अग्रतालाई १–१ को बराबरी ल्याउँदै अंक बाँडेपछि मछिन्द्रको उपाधि होडमा धक्का लागेको हो । ‘ए’ डिभिजन लिगमा साविक विजेता मछिन्द्र क्लवबिरुद्ध १–१ को बराबरीमा रोकिएको छ । बराबरीसँगै २२ खेलमा २९ अंक जोडेको आर्मी सातौँ स्थानमा झरेको छ । मछिन्द्र समान खेलबाट ३५ अंककासाथ दोस्रो स्थानमा यथावत छ ।

रोमाञ्चक र प्रतिष्पर्धात्मका बनेको खेलमा १७ औं मिनेटमा दिनेश हेन्जनको गोलमार्फत आर्मीले शुरुवाती अग्रता लिएको थियो । तर ६० औं मिनेटमा युद्ध शाहीबाट आत्मघाती गोल हुन पुग्दा मछिन्द्र १–१ को बराबरीमा हुँदा मछिन्द्र हारबाट जोगिन पुगेको थियो । आर्मी लिगमा मच्छिन्द्रबिरुद्ध अपराजित रह्यो । पहिलो भेटमा आर्मी २–० ले विजयी भएको थियो ।

लिग अन्तर्गत शनिवार दशरथ रंगशालामा भएको अर्को खेलमा विभागीय टोली एपिएफ फुटबल क्लवले जावलाखेल युथ क्लवमाथि २–० को सहज जित निकालेको हो । जितसँगै २२ खेलमा २९ अंक जोडेको छ । एपिएफ छैटौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको जावलाखेल समान खेलबाट ३४ अंकका साथ तेस्रो स्थानमा कायम छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार सम्पन्न खेलमा एपिएफलाई जित दिलाउन अर्मान्ड बिडोम र आवास लामिछानेले समान एक÷एक गोल गरे । सुरुआत बाट जावलाखेल बिरुद्ध आक्रामक खेल देखाएको एपिएफले खेलको २३ औं मिनेटमा बिडोमको गोलमार्फत अग्रता लिएको थियो । बिडोमले शरन विक्रम बस्नेतको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । पहिलो हाफको इन्जुरीमा आवासले गोल गर्दै एपिएफलाई २–० को जित दिलाए ।

बाँकी समयमा जावलाखेल खेलमा फर्किन निकै संघर्ष गरेपनि सफल हुन सकेन । ८६ औं मिनेटमा एपिएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिएका थिए । मैदान भित्र झगडा गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले एपिएफका कप्तान नविन लामा र जावलाखेलका अब्दुलाजिज निशोनवेभलाई रातो कार्ड दिँदै मैदान पठाएका थिए ।

यससँगै एपिएफ लिगमा जावलाखेलबिरुद्ध अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो ।