४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आशिष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेपछि दुखी भइन् उनकी पहिलो पत्नी

आशिष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेपछि दुखी भइन् उनकी पहिलो पत्नी
अ+ अ-

एजेन्सी । बलिउड अभिनेता आशिष विद्यार्थीले हालै फेसन डिजाइनर रुपाली बरुवासँग विवाह गरेका छन् । अभिनेताको यो दोस्रो विवाह हो ।

आशिषले यसअघि अभिनेत्री राजोशी उर्फ ​​पीलु विद्यार्थीसँग विवाह गरेका थिए र उनीहरु दुवैको एउटा छोरा छन् । पछिल्लो रिपोर्टलाई विश्वास गर्ने हो भने आशिष र रुपालीले एक क्लबमा कोर्ट म्यारिज गरेका थिए जसमा उनीहरुको परिवार र नजिकका साथीहरु पनि उपस्थित थिए ।

यसैबीच, आशिषकी पहिलो पत्नी पीलु विद्यार्थीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा अनौठो पोस्ट सेयर गरेकी छिन् ।

आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा स्टोरी सेयर गर्दै पीलुले लेखेकी छिन्, ‘याद राख्नुहोस्, सही व्यक्तिले तपाईलाई उनीहरुका लागि के भन्न खोजेको हो भनेर कहिल्यै सोध्ने छैन । उसले त्यस्तो कुनै काम कहिल्यै गर्नेछैन, जसले तपाईलाई पीडा दिन्छ किनभने उसलाई यो थाहा हुनेछ ।’

आशिषको विवाहको तस्बिर सार्वजनिक भएको केही घण्टापछि अभिनेत्रीले यसप्रकारको पोस्ट सेयर गरेकी हुन् । पीलु प्रसिद्ध अभिनेत्री शकुन्तला बरुआकी छोरी हुन् ।

अर्कोतर्फ ६० वर्षको उमेरमा दोस्रो विवाह गरेकोमा आशिषले भने, ‘जीवनको यो चरणमा रुपालीसँग बिहे गर्नु मेरो लागि फरक अनुभूति हो । हामीले बिहान अदालती विवाह गरेका थियौं र बेलुका नजिकका मानिसहरूका लागि गेट टुगेदरको आयोजना गर्‍यौं ।’

आशिष विद्यार्थी बलिउड चलचित्रमा खलनायकको भूमिकामा परिचित छन् । सन् १९८६ देखि आशिष लगातार चलचित्रमा काम गर्दै आएका छन् । आशिषले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम जस्ता ११ भाषामा अहिलेसम्म करिब ३०० फिल्ममा काम गरिसकेका छन् ।