५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा कपः नेपाललाई हराउँदै काजाकस्तान फाइनलमा



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी काभा वुमन्स च्यालेन्ज कप भलिबल अन्तर्गत काजाकस्तानले फाइनलमा स्थान बनाएको छ ।

शुक्रबार साँझ त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा उपाधि दावेदार घरेलु टोली नेपाललाई ३–२ को सेटमा पराजित गर्दै काजाकस्तान फाइनलमा पुगेको हो ।

पहिलो सेटमा नेपालले प्रतिस्पर्धात्मक ३०–२८ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा नेपालले पुनरागमन गर्यो । क्रमशः २५–१६ र २५–१५ ले जित्दा नेपालको एकपक्षीय प्रदर्शन गरेको थियो । तर, चौथो सेटमा नेपालको लय असन्तुलित हुन पुग्यो ।

सुरुवातदेखि नै लामो अग्रता बनाएको काजाकस्तानले यो सेट २५–१८ ले जित्यो । न्तिम तथा निर्णायक सेटमा पहिलो अंक लिएर अग्रता बनाए पनि त्यसपछि लगातार काजाकस्तानले अंक जोड्न सफल रह्यो । अन्ततः १५–७ ले नेपालले खेल गुमाउन पुग्यो ।

काजाकस्तान र भारतले प्रतियोगिताको फाइनल खेल्ने भएका छन् । शुक्रबारै भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नेपालले भने तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल आइतबार हुनेछ ।