२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा कपः नेपाललाई हराउँदै काजाकस्तान फाइनलमा



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी काभा वुमन्स च्यालेन्ज कप भलिबल अन्तर्गत काजाकस्तानले फाइनलमा स्थान बनाएको छ ।

शुक्रबार साँझ त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा उपाधि दावेदार घरेलु टोली नेपाललाई ३–२ को सेटमा पराजित गर्दै काजाकस्तान फाइनलमा पुगेको हो ।

पहिलो सेटमा नेपालले प्रतिस्पर्धात्मक ३०–२८ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा नेपालले पुनरागमन गर्यो । क्रमशः २५–१६ र २५–१५ ले जित्दा नेपालको एकपक्षीय प्रदर्शन गरेको थियो । तर, चौथो सेटमा नेपालको लय असन्तुलित हुन पुग्यो ।

सुरुवातदेखि नै लामो अग्रता बनाएको काजाकस्तानले यो सेट २५–१८ ले जित्यो । न्तिम तथा निर्णायक सेटमा पहिलो अंक लिएर अग्रता बनाए पनि त्यसपछि लगातार काजाकस्तानले अंक जोड्न सफल रह्यो । अन्ततः १५–७ ले नेपालले खेल गुमाउन पुग्यो ।

काजाकस्तान र भारतले प्रतियोगिताको फाइनल खेल्ने भएका छन् । शुक्रबारै भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नेपालले भने तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल आइतबार हुनेछ ।