• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नक्कली शरणार्थी प्रकरण : फरार थप एकजना पक्राउ



काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनलाई आजै अदालतमा उपस्थित गराएको छ । प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ मध्ये उनलाई पनि फरार सूचीमा राखेको थियो ।

प्रहरीले गरेको अनुसन्धानका क्रममा लक्ष्मीको खातामा ठगी गरेको रकम जम्मा गरिएको खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको हो । यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।