काठमाडौँ । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मा मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गरेको सो पार्टीले जनाएको छ ।
कांग्रेसमा महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने पार्टीको विधानमा व्यवस्था छ । तर देउवाले भने झन्डै डेढ वर्षपछि विभाग गठन सुरु गरेका हुन् ।