१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्षका सांसदले पशुपतिको गजुरमा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेको आपत्ति



अ+ अ-

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सत्तापक्षका सांसदहरुले भ्रष्टाचार गरेको आरोप लगाएपछि नेकपा एमालेले आपत्ति जनाएको छ। शुत्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएका हुन्।

उनले तथ्य र प्रमाणबिना लगाएको आरोप स्वीकार्य नहुने बताए। देशको मुख्य चुनौती भ्रष्टाचार बनेकाले देशलाई भ्रष्टाचार मुक्त नबनाएसम्म समृद्धिको यात्रा तय गर्न नसक्ने उनको भनाई छ ।

उनले भने, ‘सत्तापक्षकै लेखनाथ दाहाल भन्ने सांसदले उहाँले भन्नुभयो एमाले नेतृत्वको सरकार हुँदा ओलीज्यूले पशुपति नाथको मन्दिमा जलहरी लगाउने भनेर सुन लगाउने भनेर पित्तल लगाएको गम्भिर आरोप यही सदनबाट लगाउनुभयो। एमालेले भ्रष्टाचारका विरुद्धमा देशव्यापी अभियान छेड्छ। जनतालाई सजक बनाउनुको साथै यो संसदमा पनि निरन्तर भ्रष्टाचारविरुद्ध आवाज उठाउँछौं।’