६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हुक्का: एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ आजदेखि प्रदर्शनमा



अ+ अ-

काठमाडौँ । आजदेखि दुई नेपाली चलचित्र ‘हुक्का: एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आउने भएका छन् । दुवै चलचित्र सामाजिक विधामा निर्मित भए पनि विषयवस्तुको हिसाबले भने निकै फरक छन् ।

शम्भु थापाको निर्देशन रहेको ‘हुक्का: एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

सामाजिक कथानक चलचित्र भनिए पनि यसमा पूर्ण मनोरञ्जनको सामग्री रहेको अभिनेता घिमिरेले जानकारी दिनुभयो । “हुक्का र त्यसको प्रतिष्ठालाई चलचित्रमा विम्बका रूपमा प्रयोग गरिएको छ । हाम्रो गाउँ समाजमा हुने घटनाक्रम र यथार्थलाई प्रस्तुत गरेका छौँ”, उहाँले भन्नुभयो ।

यस्तै, आजैदेखि प्रदर्शनमा आउन लागेको ‘टुल्की’ मा नेपालको हिमाली क्षेत्रमा चलिआएको बहुपति प्रथालाई देखाइएको छ । देव थापाको निर्देशनमा तयार भएको सो चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको छ ।

उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारले अभिनय गर्नुभएको छ । रासस