• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा पाँच सयले घटेर एक लाख आठ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोलामा एक लाख सात हजार आठ सय रुपैयाँ तोकिएको छ । हिजो उक्त सुन एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।