९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

फाइनलमा चेन्नईसँग भेट पक्का गर्न मुम्बई र गुजरात भिड्दै

फाइनलमा चेन्नईसँग भेट पक्का गर्न मुम्बई र गुजरात भिड्दै
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच क्वालिफायर–२ खेल हुँदैछ । खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

विजेता टोलीले आइतबार महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्ससँग फाइनल खेल्नेछ भने हार्ने टोलीको यात्रा यहीँ समाप्त हुनेछ । प्लेअफमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

मुम्बई इन्डियन्स लिग चरणपछि अंक तालिकामा चौथो स्थानमा रह्यो । टोलीले १४ खेलबाट ८ जित र ६ हारसहित १६ अंक जोडेको थियो । रोहित शर्माको कप्तानीमा रहेको टोलीले एलिमिनेटरमा लखनउ सुपरजायन्ट्सलाई ८१ रनले पराजित गर्दै क्वालिफायर २ मा प्रवेश गरेको हो । मुम्बई १०औं पटक प्लेअफमा पुगेको छ । साथै उसले प्रतियोगिताको शीर्ष ४ चरणमा अहिलेसम्म १९ खेल खेलेको छ । जसमा मुम्बईले १३ मा जित र ६ मा मात्र हार बेहोरेको छ ।

गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडी क्यामरुन ग्रीन, जेसन बेहरेनडर्फ, टिम डेभिड र क्रिस जोर्डन हुन सक्छन् । यसबाहेक ब्याटिङ पिच हेर्दा अलराउन्डर ऋतिक शोकिनको स्थानमा स्पिनर विशेषज्ञ कुमार कार्तिकेयलाई मौका मिल्न सक्छ ।

साविक विजेता गुजरात टाइटन्स लिग चरणको शीर्ष स्थानमा रहेको थियो । उसले १४ खेलमा १० जित र ४ हारबाट २० अंक बनाएको थियो । तर, क्वालिफायर–१ मा टोलीले चेन्नई सुपर किंग्ससँग हार बेहोरेको थियो । जसका कारण गुजरातले फाइनलमा पुग्ने दोस्रो मौका पाएको हो । गुजरातले घरेलु मैदानको फाइदा उठाउन सक्छ । यहाँ उसले अहिलेसम्म ८ खेल खेलेको छ जसमध्ये ५ खेलमा जित निकालेको छ ।

मुम्बई विरुद्ध जीटीका ४ विदेशी खेलाडी राशिद खान, नूर अहमद, डेभिड मिलर, दासुन शानाका अथवा अल्जारी जोसेफ हुन सक्छन् । गुजरातले दर्शन नल्कांडेको स्थानमा शिवम मावी वा अभिनव मनोहरलाई मौका दिन सक्छ भने शनाकाको स्थानमा जोसेफलाई मौका दिन सक्छ ।

मुम्बई इन्डियन्सले आफ्नो १०औं प्लेअफमा चौथो पटक क्वालिफायर–२ खेल्दैछ । साथै मुम्बईले पछिल्लो तीन पटक क्वालिफायर–२ मा प्रवेश गरेको थियो । जसमा मुम्बईले २ जित र १ मा हार बेहोरेको थियो । यो हार सन् २०११ मा रोयल च्यालेन्जर्स बैंग्लोरसँग भएको थियो । २०१२ देखि टोलीले २ क्वालिफायर–२ खेल्यो र दुबै जित्यो । २०१३ मा मुम्बईले राजस्थान रोयल्स र २०१७ मा कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।

अर्कोतर्फ, गत वर्ष आईपीएलमा सामेल भएपछि गुजरातले पहिलो पटक क्वालिफायर–२ खेल्नेछ । गत सिजन टोलीले क्वालिफायर–१ र फाइनल जितेर ट्रफी उचालेको थियो ।

यी दुई टोली पहिलो पटक प्लेअफमा आमनेसामने हुनेछन्, तर प्रतियोगिताको लिग चरणमा यी दुई टोली अहिलेसम्म तीन पटक भिडेका छन् । जसमा मुम्बईले दुई पटक जितेको छ भने गुजरातले एक पटक जितेको छ । यस सिजनमा दुवैले २ खेल खेलेका थिए जसमा दुवै टोलीले एक–एक खेल जितेका थिए । अहमदाबादमा भएको खेल भने गुजरातले जितेको थियो ।

अहमदाबादको पिच हाई स्कोरिङ भएकोले यहाँ टस जितेर टिमहरू पहिले बलिङ गर्न चाहन्छन् । स्पिनरभन्दा पेसरले धेरै विकेट लिन्छन् । शुक्रबार मौसम न्यानो रहनेछ । पानी पर्ने सम्भावना छैन । राति ९ बजेपछि शीत पर्न सक्ने सम्भावना रहेको अवस्थामा टोलीलाई ब्याटिङमा सहजता आउन सक्छ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान) शुभमन गिल, ऋद्धिमान साहा (विकेटकीपर), विजय शंकर, दासुन शनाकारअभिनव मनोहर, डेभिड मिलर, राहुल तेवाटिया, राशिद खान, मोहम्मद शमी, यश दयाल र नूर अहमद ।

इम्प्याक्ट प्लेयर्सः दर्शन नल्कांडे, साई सुदर्शन, शिवम मावी, अल्जारी जोसेफ र साई किशोर ।

मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकिपर), क्यामरन ग्रीन, सूर्यकुमार यादव, तिलक वर्मा, नेहल वढेरा, टिम डेभिड, क्रिस जोर्डन, पियुष चावला, कुमार कार्तिकेय र आकाश मधवाल ।

इम्प्याक्ट प्लेयर्सः कुमार कार्तिकेय, अरशद खान, विष्णु विनोद, ट्रिस्टन स्टब्स र रिले मेरिडिथ ।