६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० वर्षको उमेरमा दिग्गज अभिनेता आशिष विद्यार्थीले गरे दोस्रो विवाह



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज अभिनेता आशिष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका थिए । उनले आसामको राजधानी गुवाहाटीमा बस्ने फेसन डिजाइनर र व्यवसायी रुपाली बरुआसँग बिहीबार विवाह गरेका हुन् । अभिनेत्री शकुन्तला बरुआकी छोरी राजोशी बरुआ आशिष विद्यार्थीकी पहिलो पत्नी हुन् ।

आशिषले अदालतमा साथीभाइ र परिवारको उपस्थितिमा रुपालीसँग विवाह गरे । यस क्रममा रुपाली आसामको परम्परागत सेतो र सुनको मेखला चादरमा देखिएकी थिइन् । अर्कोतर्फ केरलाको परम्परालाई ध्यानमा राख्दै आशिषले पनि त्यही रंगको मुण्डु लगाएका छन् ।

टाइम्स अफ इन्डियासँग कुरा गर्दै आशिषले भने, ‘उमेरको यो चरणमा मैले रुपालीसँग विवाह गरेको छु र म निकै खुसी छु । हामीले आज बिहान अदालतमा विवाह गरेका छौं र बेलुका हामीले हाम्रा नजिकका र प्रियजनहरूका लागि भेटघाट समारोह आयोजना गरेका छौं ।’

सञ्चारमाध्यमसँग कुरा गर्दै रुपालीले भनिन्, ‘हामी केही दिनअघि मात्रै भेटेका थियौं तर पनि हामीले यो सम्बन्धमा विश्वास गरेका थियौं र यसलाई अगाडि बढाउने सोचेका थियौं । हामी दुवैलाई अन्तरंग समारोहमा बिहे गर्ने मन थियो, त्यसैले अदालतमा बिहे गर्‍यौँ ।’

आशिष विद्यार्थी बलिउड चलचित्रमा खलनायकको भूमिकामा परिचित छन् । सन् १९८६ देखि आशिष लगातार चलचित्रमा काम गर्दै आएका छन् । आशिषले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम जस्ता ११ भाषामा अहिलेसम्म करिब ३०० फिल्ममा काम गरिसकेका छन् ।