• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज बिहिबार सुनको मुल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक हजारले घटेर एक लाख आठ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार उक्त सुन एक लाख नौ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन आज एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुन एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदि तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।