९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

महिला भलिबलः नेपाल भारतसँग पराजित

महिला भलिबलः नेपाल भारतसँग पराजित
अ अ+ अ-

काठमाडौँ । भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न समूह ए को अन्तिम खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । अब नेपालले सेमिफाइनलमा समूह बी को विजेता काजकस्तानसँग शुक्रवार प्रतिष्पर्धा गर्नेछ । बुधवार भएको खेलमा काजकस्तान उब्जेकिस्तानलाई पराजित गर्दै समूह बी को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो ।

बुधवार भएको खेलमा नेपाल भारतसँग ३–१ पहिलो सेट १२–२५ ले गुमाएको थियो । पहिलो सेट सस्तैमा गुमाएपनि नेपालले त्यसपछिको सेटमा भने पुनरागमनको प्रयास गरेको थियो । प्रतिष्पर्धात्मक बनेको खेलमा नेपालले २४–२६ ले गुमाउन पुग्यो । निकै नै प्रतिष्पर्धात्मक र रोमाञ्चक चौथो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै समुह उपविजेता बनेको हो । चौथो सेटमा नेपाल एक समय १८–१५ को अग्रतामा थियो । तर त्यो अवस्थाबाट भारतले प्रदर्शन गर्दै जित पक्का गर्न सफल भएको हो ।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी कप्तान अरुणा शाहीले शुरुवाती तालमेल अभावले गर्दा अपेक्षा अनुसारका खेल नभएको बताइन् । टोलीमा रिसिभ र केही सामन्य गल्ती हुँदै गर्दा पहिलो सेट गुमाउन पुगेको र अन्तर्राष्ट्रिय अनुभव नहुँदा पछिल्ला सेटमा अपेक्षा अनुसारको प्रदर्शन नभएको बताउनु भयो ।

यस्तै बेल्जियन प्रशिक्षक जान डी ब्रान्टले टोलीको प्रदर्शनमा सन्तुष्ट रहेको र टोलीको सुधारका लागि अझै समय लाग्ने प्रतिक्रिया दिनुभयो । कप्तान अरुणाले भनेजस्तै प्रशिक्षका ब्रान्टले पनि शुरुवाती सेट गुमाएपछि बाँकी सेटमा नेपाली टोली खुलेर खेल्न नसकेको बताउनु भयो ।

नेपाललाई पराजित गरेको भारत भने समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत बुधवार नै भएको समूह बी को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।