८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही हुनुपर्छ – वामदेव गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।

सांसद गौतमले सो प्रकरण ज्यादै ठूलो अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न जोकोहीलाई पनि नियम र कानुन बमोजिम कारबाही गर्नुपर्ने बताउनु भएको हो । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले २०४७ सालयता भएका मन्त्री र उच्च प्रदस्थ कर्मचारीहरुको पनि सम्पत्ति छानविन गरी भ्रष्टमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद गौतमले सरकारले सो प्रकरणको दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै धन्यवाद समेत दिन भयो ।

उहाँले भन्नु भयो, ‘त्यो अपराध हो । ज्यादै ठूलो अपराध हो । त्यसलाई नियम र कानुन बमोजिम कारबाही हुनुपर्छ । कारबाही गर्ने प्रक्रिया सुरु भएको छ । सरकारलाई म धन्यवाद दिन्छु । यसैगरी सबैजसो भ्रष्टाचारजन्य विषयहरु विभिन्न किसिमका उठेका छन । २०४७ सालदेखि आजसम्म मन्त्रीमण्डलमा रहेका व्यक्तिहरु, उच्च पदस्थ कर्मचारीहरु, त्योसँग सम्बन्धित रहेका अन्य व्यक्तिहरु सबैको सम्पत्तिको छानविन गर्नु पर्दछ । र, गल्ती गर्नेलाई कारबाही गर्नु पर्दछ । यो सुरुवात चाँही भएको छ । त्यहाँसम्म पुग्नु पर्छ भन्ने मेरो विचार छ ।’

सांसद गौतमले भ्रष्टाचारजन्य गतिविधिबारे उठेका विषयहरुको छानविन गर्न सरकार पछि पर्न नहुने बताउनु भयो ।