४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सारा र शुभमन गिलले एकअर्कालाई गरे ‘अनफलो’

सारा र शुभमन गिलले एकअर्कालाई गरे ‘अनफलो’
अ+ अ-

एजेन्सी । केही समय अघिसम्म बलिउड अभिनेत्री सारा अली खान र क्रिकेटर शुभमन गिलको अफेयरको चर्चा थियो । दुवैको गोप्य भेटघाटको भिडियो सार्वजनिक भएपछि उनीहरुको प्रेम सम्बन्धको चर्चा सुरु भएको थियो ।

यद्यपि, दुबैले यसबारेमा आधिकारिक धारणा भने दिएका छैनन् । अहिले दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेको सुनिएको छ ।

टेलि चक्करमा प्रकाशित रिपोर्ट अनुसार यो जोडीले इन्स्टाग्राममा एकअर्कालाई अनफलो गरेका छन् । यससँगै दुवैले फेरि एकपटक फ्यानको ध्यान तानेका छन् । यस्तो युगमा जहाँ सेलिब्रेटीहरूको कमेन्ट र लाइकले उनीहरूको सम्बन्धको न्याय गर्छ । त्यहाँ दुबै सेलिब्रेटीले एकअर्कालाई अनफलो गरेकोले फ्यानको दिमागमा धेरै प्रश्न खडा गरिरहेको छ । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले दुवैलाई यसबारे प्रश्न पनि गरेका छन् ।

व्यक्तिगत जीवनको कुरा गर्ने हो भने शुभमनको नाम सधैं सारा अली खान र सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग जोडिने गरेको छ । कतिपयले अभिनेत्री साराका लागि सारा तेन्दुलकरसँग ब्रेकअप गरेको ठान्छन् । जबकि कतिपय विश्वास गर्छन् कि शुभमन दुवैसँग स्वस्थ र मित्रवत सम्बन्ध राख्छन् ।

शुभमन र सारा अली खानको सम्बन्ध गत वर्ष सोनम बाजवाको टक शो ‘दिल दिया गल्लन’ मा पुगेपछि चर्चामा आएको थियो । उनले सारालाई बलिउडको सबैभन्दा फिट अभिनेत्री भने । यति मात्र होइन, जब उनलाई सम्बन्धको बारेमा सोधिएको थियो, उनले भने, ‘साराको सारा सत्य कुरा गर्दैछु, हुनसक्छ पनि, सायद होइन पनि…’ त्यसयता उनीहरुको सम्बन्धको चर्चा चलेको थियो । अर्कोतर्फ साराको वर्कफ्रन्टको कुरा गर्ने हो भने, उनी अहिले आफ्नो आगामी फिल्म ‘जरा हटके जरा बचके’ को प्रमोशनमा व्यस्त छिन् ।