५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको क्याप्टेन प्रधानमन्त्री हो, कहाँ हस्तक्षेप गर्ने के गर्ने प्रष्ट हुनुपर्छ: गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समस्या पहिचान गरेर मात्र नीति तथा कार्यक्रम कार्यान्वयन गराउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् ।

निर्वाचनपछि बनेको सरकारको क्याप्टेन प्रधानमन्त्री हुने र क्याप्टेनलाई के गर्ने के नगर्ने भन्ने बारे स्पष्ट हुनुपर्ने उनको भनाई छ । उनले भने, ‘क्याप्टेनलाई के थाहा हुन्छ भनेर समय निश्चित छ, स्रोत सीमित छ। आवश्यकता र आकांक्षा ठुलो हुन्छ। यो पृष्ठभूमिका के गर्ने र कसरी गर्ने भन्ने कुरामा प्रधानमन्त्री स्पष्ट हुनुपर्छ। यस्तो बेलामा क्याप्टेनलाई के गर्ने के नगर्ने भन्ने थाहा हुन्छ। कहाँ हस्तक्षेप गर्ने ?’

उनले प्रधानमन्त्रीको भाषण सुन्दा सबै कुरा थाहा भएजस्तो लागेपनि केही थाहा नहुने टिप्पणी गरे। अहिले नयाँ सरकार आएको छ। ‘प्रधानमन्त्रीको भाषण सुन्दै गर्दा सबै कुरा थाहा छ जस्तो लाग्छ। तर, वास्तममा थाहा हुँदैन।’, उनले भने, ‘यो एक प्रकरणको बयानबाजी मात्रै हुन्छ। के गर्ने कसरी गर्ने भन्ने थाहा हुँदैन। त्यो थाहा नभएपछि मन्त्रीलाई पनि थाहा हुँदैन।’