९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो उहाँको मुटु कहाँ गएर चेक गर्ने ?– रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ ।

बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गर्नुभएको हो ।

उहाँले अहिले भइरहेको छानबिनले जनताले चाहेको जस्तो नतिजा दिन नसक्ने भन्दै छानबिनका लागि संसदले विशेष समिति बनाउनुपर्ने बताउनु भयो । उहाँले यस प्रकरणमा नाम आएकाहरु सबैसँग सोधपुछ नभएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले नाम मुछिएकाहरु सबैसँग बयान लिन पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘भ्रष्टाचारको विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आइरहेका थियौँ । तीन राजनीतिक दलहरु खुसुर खुसुर बसेको कुरालाई लिएर आशंका व्यक्त गर्दै आइरहेका थियौँ । आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस् । त्यतिमात्र होइन, राज्यका निकायहरुको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी, त्यसका प्रमुखहरुको नाम आइरहेको छ । यस्तो अवस्थामा यो कुनै अध्याँरो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन ।’

‘दिउँसै, दिन दहाडै, दिनको उज्यालोमा, प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएको यस्ता विषयहरु आइरहेका छन् । यहाँ मुछिएका मान्छेहरु हेर्नुस् । यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ? त्यसकारणले विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ । जुन जुन निकायहरु यसमा लागि परेका छन्, कसैको पनि विश्वास गर्ने वातावरण नभएको हुनाले सभामुखमार्फत यो अनुरोध गर्न चाहन्छु, ज–जसको नाम आएको छ तिनलाई छानविनको सम्म दायरामा ल्याउनु नहुने, सोधपुछ सम्म गर्नु नहुने गरी किन डराएको ? गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ? उहाँको मुटु कति दह्रो छ भन्नेकुरा हामीले देखेका छौँ ।’

‘हरेक नाम आएको मानिसलाई सोधपुछ हुनुपर्‍यो । उनलाई कारबाहीको दायरामा ल्याउनुपर्‍यो । खुट्टा कमाउनु भएन । हाम्रा हकमा, आम नागरिकका हकमा, बयान दिन आउँछु भन्दाभन्दै धरपकट गरेर लिएर गएको इतिहास छ । न्युज रुमबाट समातिएको मान्छे म यहीँ छु । मान्छेले अडियो दिएका छन् । प्रहरी प्रमुखले अडियो सही हो भनेका छन् । एक पटक सोधपुछका लागि बोलाउन नहुने को हो उहाँहरु ? यत्रो ठूलो अन्तर्राष्ट्रिय बेइजत भएको अवस्थामा यो कदापी हुन दिँदैनौ । यो छानबिनले नेपाली जनताले चाहेको जस्तो नतिजा दिन सक्दैन । संसदले विशेष समिति बनाउनुपर्छ । म अनुरोध र माग गर्न चाहन्छु ।’

उहाँले प्रकरणमा नाम मुछिएकाहरुलाई छानबिन गर्न सरकारले खुट्टा कमाएको भन्दै खुट्टा नकमाउन आग्रह गर्नुभयो ।