२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.39

Wind: 2.57

Humidity: 82

Latest
संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित ‘नीति तथा कार्यक्रममार्फत स्वदेशी वस्तुको प्रवर्द्धन’ ‘केपी ओली कप’ राष्ट्रिय  क्रिकेट : गण्डकी र हिमालयनको लगातार दोस्रो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न एमाले सांसद भट्टराईको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले देशका विभिन्न पर्यटकीय सहरहरुमा जाने पर्यटकहरुका लागि व्यवस्थित र सुविधासम्पन्न पर्यटक बसपार्क काठमाडौंमा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

सांसद भट्टराईले नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरु काठमाडौंमा बसपार्क नभएका कारण असुरक्षित भईरहेकाले पनि सरकारले उनीहरुलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने योजना अनुरुप नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । तर देशको राजधानी काठमाडौंमा आजसम्म टुरिष्ट बसपार्क स्थापना हुन सकेको छैन ।

व्यवस्थित बसपार्क नबनेका कारण काठमाडौंको सोह्रखुट्टै सडकबाटै बस छुट्न बाध्य छन । नेपाल प्रवेश गरेपछि देशका विभिन्न पर्यटकीय गन्तव्यहरुमा जानका लागि पर्यटकहरु असुरक्षित भएर सडकमा उभिनुपर्ने बाध्यता छ । काठमाडौंमा नेपालका प्रमुख पर्यटकीय सहरहरु पोखरा, चितवन, लुम्विनी, जनकपुरलगायतका गन्तव्यहरु पर्यटकीय बसहरुले सेवा दिईरहेका छन । तर सबै बस व्यवसायी सडकबाटै पर्यटकहरु बोक्न बाध्य छन । त्यसैले काठमाडौंमा एउटा व्यवस्थित र सुविधा सम्पन्न टुरिष्ट बसपार्क निर्माण गर्न आवश्यक छ । यसका लागि सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।’

सांसद भट्टराईले सरकारले नेपाल भ्रमण दशक घोषणा गरेपनि त्यस अनुरुपको तयारी गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।