१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न एमाले सांसद भट्टराईको माग

सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न एमाले सांसद भट्टराईको माग
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले देशका विभिन्न पर्यटकीय सहरहरुमा जाने पर्यटकहरुका लागि व्यवस्थित र सुविधासम्पन्न पर्यटक बसपार्क काठमाडौंमा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

सांसद भट्टराईले नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरु काठमाडौंमा बसपार्क नभएका कारण असुरक्षित भईरहेकाले पनि सरकारले उनीहरुलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने योजना अनुरुप नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । तर देशको राजधानी काठमाडौंमा आजसम्म टुरिष्ट बसपार्क स्थापना हुन सकेको छैन ।

व्यवस्थित बसपार्क नबनेका कारण काठमाडौंको सोह्रखुट्टै सडकबाटै बस छुट्न बाध्य छन । नेपाल प्रवेश गरेपछि देशका विभिन्न पर्यटकीय गन्तव्यहरुमा जानका लागि पर्यटकहरु असुरक्षित भएर सडकमा उभिनुपर्ने बाध्यता छ । काठमाडौंमा नेपालका प्रमुख पर्यटकीय सहरहरु पोखरा, चितवन, लुम्विनी, जनकपुरलगायतका गन्तव्यहरु पर्यटकीय बसहरुले सेवा दिईरहेका छन । तर सबै बस व्यवसायी सडकबाटै पर्यटकहरु बोक्न बाध्य छन । त्यसैले काठमाडौंमा एउटा व्यवस्थित र सुविधा सम्पन्न टुरिष्ट बसपार्क निर्माण गर्न आवश्यक छ । यसका लागि सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।’

सांसद भट्टराईले सरकारले नेपाल भ्रमण दशक घोषणा गरेपनि त्यस अनुरुपको तयारी गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।