• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज बुधवार सुनको मूल्य बढेका छ ।

आज छापावाल सुन ६ सय रुपैयाँले बढेर तोलामा एक लाख नौ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मङ्गलवार उक्त सुन एक लाख नौ हजार दुइ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मङ्गलवार प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख नौ हजार तिन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला एक हजार तिन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।