• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

बार्सिलोनाको लगातार दोस्रो हार



एजेन्सी । स्पेनिस फुटबल ला लिगा अन्तर्गत बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना भालाडोलिडसँग ३–१ गोलले पराजित भएको हो । खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाका एन्ड्रीयाज क्रिस्टेन्सेनले आत्मघाती गोल गरेपछि घरेलु टोली भालाडोलिडले सुरुवाती अग्रता बनाएको थियो ।

भालाडोलिडका डार्विन माचिसले क्रस गरेको बललाई क्रिस्टेन्सेनले हेडरबाट क्लियर गर्न खोज्दा उल्टो आत्मघाती गोल हुन पुग्यो ।

२२ औं मिनेटमा काइल लारिनले पेनाल्टीमा गोल गर्दै भालाडोलिडको अग्रता दोब्बर पारे । बार्सिलोनाका एरिक गार्सियाले पेनाल्टी बक्सभित्र गोन्जालो प्लाटामाथि फउल गरेपछि भालाडोलिडले पेनाल्टीको अवसर पाएको थियो । जसलाई लारिनले खेर जान दिएनन् ।

७३ औं मिनेटमा प्लाटाले गोल गर्दै भालाडोलिडलाई ३–० ले अघि बढाए । यता, ८४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बार्सिलोनाका लागि सान्त्वना गोल गरे । बार्सिलोनाले यस सिजनको ला लिगा उपाधि जितिसकेको छ । यसअघिको खेलमा बार्सिलोना रियल सोसिडाडसँग २–१ गोलले पराजित भएको थियो ।

शीर्षस्थानको बार्सिलोनाको ३६ खेलबाट ८५ अंक छ । भालाडोलिड ३६ खेलबाट ३८ अंकसहित १७ औं स्थानमा छ ।