४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने

हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने
अ+ अ-

काठमाडौँ । नेपाली चलचित्रको बजार पछिल्लो समय विदेशमा विस्तार हुने क्रम बढिरहेको छ । विदेशीझैँ चलचित्र भवनमा हुने प्रदर्शनले नेपाली चलचित्रमा दर्शक बढाइरहेको छ । यही क्रममा बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा चलचित्र ‘गोर्खा वारियर्स’को प्रिमियर हुने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माता तथा निर्देशक मिलन चाम्सले आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा प्रिमियर तय गरिएको जानकारी दिए ।

“हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने तयारीमा छौँ । यो नेपाली चलचित्रकै लागि गौरवको विषय हो किनकि त्यो चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र प्रिमियर हुन्छन्”, निर्देशक चाम्सले भने, “गोर्खालीको गौरव गाथालाई त्यहाँ देखाउन पाउँदा निकै उत्साहित छु किनकि हाम्रो वीरताको कथा विश्वले देख्ने छ ।”

उनले नेपाली चलचित्रको भइरहेको बजार विस्तारमा अब सबैले सामूहिक सहकार्यमार्फत अगाडि बढेर टेवा पु¥याउनुपर्नेमा जोड दिए । “अब हामीले मेरो वा तेरोभन्दा पनि हाम्रो भनेर अगाडि बढ्न सक्नुपर्छ । अनि मात्र अन्तर्राष्ट्रिय बजारमा हामीले सफलता पाउनेछौँ”, उनले भने ।

लगत्तै हङकङ र सिङ्गापुरमा समेत प्रिमियर गर्न लागिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । निर्देशक चाम्सले लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारीसमेत दिए ।

युद्धको कथामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्सले, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । आयोजित पत्रकार सम्मेलनमा १६ पटक सगरमाथा आरोहण गरेका फुर्वा तेञ्जिङ शेर्पालाई सम्मान गरियो ।