९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गुजरातलाई हराउँदै चेन्नई १० औं पटक आईपीएलको फाइनलमा

गुजरातलाई हराउँदै चेन्नई १० औं पटक आईपीएलको फाइनलमा
अ अ+ अ-

एजेन्सी । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स कीर्तिमानी १० औं पटक आईपीएलको फाइनलमा पुगेको छ ।

मंगलबार राति भएको क्वालिफायर–१ मा साविक च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई फाइनलमा पुगेको हो । चार खेलमा गुजरात विरुद्ध चेन्नईको यो पहिलो जित हो । यसअघि सिएसकेले तीनवटै खेलमा हार बेहोरेको थियो । धोनी अब आइतबार पाँचौं पटक च्याम्पियन बन्न मैदान उत्रनेछन् ।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा गुजरातको टोली २० ओभरमा १५७ रनमा सिमित भयो ।

चार पटकको च्याम्पियन चेन्नईको टोलीले उत्कृष्ट पुनरागमन गरेको छ । उ गत सिजन प्लेअफमा समेत पुग्न सकेको थिएन । यस पटक धोनीको कप्तानीमा टोलीले फेरि प्लेअफमा स्थान बनायो र त्यसपछि उपाधि नजिक पुगेको हो । फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

गुजरात टाइटन्सको कुरा गर्ने हो भने, हार्दिक पाण्ड्याका कप्तानीमा रहेको गुजरात यो हारपछि पनि आउट भएको छैन । उसले फाइनल पुग्ने दोस्रो मौका पाउनेछ । उसले मे २६ मा अहमदाबादमा हुने क्वालिफायर–२ खेल्नेछ । त्यहाँ उसले मुम्बई इन्डियन्स वा लखनऊ सुपर जाइन्ट्ससँग प्रतिस्पर्धा गर्नेछन् । इलिमिनेटर खेल आज बुधबार मुम्बई र लखनउबीच हुनेछ । यस खेलको विजेता टोलीले क्वालिफायर–२ मा गुजरातसँग खेल्नेछ ।

चेन्नईका लागि ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । डेभन कोनवेले ४० रनको योगदान दिए । दुबैले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । रविन्द्र जडेजाले १६ बलमा २२ रन बनाए । अजिंक्य रहाणे र अम्बाती रायडुले १७–१७ रन बनाए ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनी र शिवम दुबेले एक–एक रन बनाए । मोइन अलीले चार बलमा ९ रन बनाएर अविजित रहे । गुजरातका लागि मोहम्मद शामी र मोहित शर्माले २–२ विकेट लिए । दर्शन नलकन्दे, नूर अहमद र राशिद खानले एक–एक सफलता हात पारे ।

चेन्नईले दिएको १७३ रनको लक्ष्य पछ्याएको गुजरातको टोलीले नियमित अन्तरालमा विकेट गुमाएको थियो । यसको मार उसले बेहोर्नुपरेको थियो । गुजरातका लागि शुभमन गिलले ३८ बलमा सर्वाधिक ४२ रन बनाए । उनले यस खेलमा पछिल्लो दुई खेलको उत्कृष्ट प्रदर्शन देखाउन सकेनन् । गिलले सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध शतक प्रहार गरेका थिए तर यसपटक भने उनले खेल समाप्त गर्न सकेनन् ।

अन्तिम ओभरमा राशिद खानले छिटो रन बनाए । उनले टिममा आशा जगाए पनि जित हात पार्न सकेनन् । राशिदले १६ बलमा ३० रन बनाए । दासुन शनाकाले १७, विजय शंकरले १४ र ऋद्धिमान साहाले १२ रन बनाए ।

कप्तान हार्दिक पाण्ड्या आठ, मोहम्मद शामी पाँच, डेभिड मिलर चार र राहुल तेवाटिया तीन रन बनाएर आउट भए । नूर अहमदले अविजित ७ रन बनाए । दर्शन नलकन्देले खाता खोल्न सकेनन् । चेन्नईका लागि दीपक चाहर, महिश तीक्षाना, रविन्द्र जडेजा र मथिशा पथिरानाले समान २–२ विकेट लिए । तुषार देशपाण्डेले एक सफलता हात पारे ।