२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘थोर’ तथा ‘आरआरआर’ मा समेत अभिनय गरेका हलिउड अभिनेता रे स्टीभेन्सनको निधन



अ+ अ-

एजेन्सी । हलिउड अभिनेता रे स्टीभेन्सनको २१ मे मा ५८ वर्षको उमेरमा निधन भएको छ । आयरिश मुलका अभिनेता पछिल्लो पटक एसएस राजामौलीको हिट फिल्म ‘आरआरआर’मा देखिएका थिए ।

रेले थोर र यसको सिक्वेल थोरःद डार्क वर्ल्ड जस्ता धेरै मार्भल फिल्महरूमा काम गरेका थिए । जसमा उनले भोलस्टागको भूमिका निभाएका थिए । उनको निधनको खबर आएपछि मनोरञ्जन क्षेत्रमा शोकको लहर छाएको छ । यद्यपि, उनको निधन कसरी भयो भन्नेबारे खुल्नमा आएको छैन ।

चलचित्र निर्देशक एसएस राजामौली र जेम्स गनले दिवंगत अभिनेतालाई श्रद्धाञ्जली अर्पण गरेका छन् । दुई दिन पछि मे २५ मा रेको जन्मदिन थियो ।

२५ मे १९६४ मा लिस्बर्नमा जन्मिएका रे स्टीभेन्सन तीन छोरामध्ये दोस्रो थिए । उनी ८ वर्षको उमेरमा इङ्गल्याण्ड गए र ब्रिटिश ओल्ड विक थिएटर स्कूलमा भर्ना भए । उनले २९ वर्षको उमेरमा स्नातक गरे । उनी आफ्नो करियरमा इन्टेरियर डिजाइनर बन्न चाहन्थे ।

उनी ९० को दशकको सुरुदेखि नै चलचित्र र टिभी कार्यक्रमहरूमा सक्रिय भए । २००० को दशकमा, उनले हलिउड फिल्महरूमा एक्सन फिल्महरूमा आफ्नो छाप छोडे । उनको पहिलो सफल फिल्म १९९८ को द थ्योरी अफ फ्लाइट थियो, जसमा उनले हेलेना बोनहम कार्टरको भूमिका निभाएका थिए । उनले वार जोन, मार्भलको थोर चलचित्रहरूमा भोलस्टाग, किल द आयरिशम्यानमा आफ्नो प्रदर्शनले फ्यानहरूलाई प्रभावित पारे ।