४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘थोर’ तथा ‘आरआरआर’ मा समेत अभिनय गरेका हलिउड अभिनेता रे स्टीभेन्सनको निधन

‘थोर’ तथा ‘आरआरआर’ मा समेत अभिनय गरेका हलिउड अभिनेता रे स्टीभेन्सनको निधन
अ+ अ-

एजेन्सी । हलिउड अभिनेता रे स्टीभेन्सनको २१ मे मा ५८ वर्षको उमेरमा निधन भएको छ । आयरिश मुलका अभिनेता पछिल्लो पटक एसएस राजामौलीको हिट फिल्म ‘आरआरआर’मा देखिएका थिए ।

रेले थोर र यसको सिक्वेल थोरःद डार्क वर्ल्ड जस्ता धेरै मार्भल फिल्महरूमा काम गरेका थिए । जसमा उनले भोलस्टागको भूमिका निभाएका थिए । उनको निधनको खबर आएपछि मनोरञ्जन क्षेत्रमा शोकको लहर छाएको छ । यद्यपि, उनको निधन कसरी भयो भन्नेबारे खुल्नमा आएको छैन ।

चलचित्र निर्देशक एसएस राजामौली र जेम्स गनले दिवंगत अभिनेतालाई श्रद्धाञ्जली अर्पण गरेका छन् । दुई दिन पछि मे २५ मा रेको जन्मदिन थियो ।

२५ मे १९६४ मा लिस्बर्नमा जन्मिएका रे स्टीभेन्सन तीन छोरामध्ये दोस्रो थिए । उनी ८ वर्षको उमेरमा इङ्गल्याण्ड गए र ब्रिटिश ओल्ड विक थिएटर स्कूलमा भर्ना भए । उनले २९ वर्षको उमेरमा स्नातक गरे । उनी आफ्नो करियरमा इन्टेरियर डिजाइनर बन्न चाहन्थे ।

उनी ९० को दशकको सुरुदेखि नै चलचित्र र टिभी कार्यक्रमहरूमा सक्रिय भए । २००० को दशकमा, उनले हलिउड फिल्महरूमा एक्सन फिल्महरूमा आफ्नो छाप छोडे । उनको पहिलो सफल फिल्म १९९८ को द थ्योरी अफ फ्लाइट थियो, जसमा उनले हेलेना बोनहम कार्टरको भूमिका निभाएका थिए । उनले वार जोन, मार्भलको थोर चलचित्रहरूमा भोलस्टाग, किल द आयरिशम्यानमा आफ्नो प्रदर्शनले फ्यानहरूलाई प्रभावित पारे ।