• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आईपीएलः प्लेअफमा पुगेका चारै टोलीमा ११ वर्षपछि भारतीय कप्तान



एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ बिस्तारै समापन हुँदैछ । आजबाट प्लेअफका खेलहरु सुरु हुँदैछन् । प्लेअफमा फाइनल सहित चार खेल हुनेछन् ।

मंगलबार पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सको टोली आमनेसामने हुनेछन् । त्यस्तै, बुधबार एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सको सामना गर्नेछ । त्यसपछि शुक्रबार क्वालिफायर–२ खेल हुनेछ भने फाइनल आइतबार खेलिनेछ ।

११ वर्षपछि आईपीएलमा प्लेअफ वा अन्तिम चारमा पुग्ने चारै टोलीका कप्तान भारतीय छन् । यसअघि सन् २०१२ मा मात्रै यस्तो भएको थियो ।

लिग चरणका शीर्ष चार टोली प्लेअफमा पुग्छन् । पहिलो र दोस्रो हुने टोलीले फाइनल पुग्ने दुईवटा मौका पाउनेछन् । तेस्रो र चौथो स्थानको टोलीका लागि भने भर्चुअल नकआउट हो । पहिलो र दोस्रो हुने टोलीले क्वालिफायर–१ खेल्छन् भने तेस्रो र चौथो स्थानमा रहेका टोलीले एलिमिनेटर खेल्छन् ।

क्वालिफायर–१ को विजेता टोली सीधै फाइनलमा प्रवेश गर्नेछ । हार्ने टोलीले एलिमिनेटरको विजेतासँग क्वालिफायर–२ खेल्नेछ । एलिमिनेटरमा हार्ने टोलीको यात्रा समाप्त हुन्छ । साथै क्वालिफायर–२ मा विजेता टोली फाइनलमा पुग्छ भने हार्ने टोलीको यात्रा समाप्त हुन्छ ।

आईपीएलमा क्वालिफायर अन्तर्गत फाइनल पुग्ने नियम २०११ मा आएको हो । त्यसअघि सेमिफाइनलको लाइनमा अन्तिम चार खेल खेलिन्थ्यो । २००८ देखि लिएर अहिलेसम्म अन्तिम चारमा पुग्ने चारै टोलीको कप्तान भारतीय खेलाडी रहेको दुइपटक मात्रै (२०१२ र २०२३) भएको छ । बाँकी सिजनमा सधैं अन्तिम चारमा कुनै न कुनी टिमको कप्तान विदेशी रहेका छन् ।

अहिलेसम्म १५ सिजनमध्ये १२ सिजनमा भारतीय कप्तानको नेतृत्वमा टोलीले उपाधि जितेको छ । रोहित शर्माको कप्तानीमा मुम्बईको टोली पाँच पटक, धोनीको कप्तानीमा चेन्नईको टोली चार पटक, गौतम गम्भीरको कप्तानीमा कोलकाताको टोली दुई पटक र हार्दिकको कप्तानीमा गुजरात टाइटन्सको टोली एक पटक च्याम्पियन बनेको छ ।

सन् २००८ मा राजस्थानको टोली शेन वार्न, २००९ मा डेक्कन चार्जर्सको टोली एडम गिलक्रिस्ट र २०१६ मा हैदरावादको टोलीले डेभिड वार्नर अर्थात विदेशी कप्तानको नेतृत्वमा उपाधि जितेको थियो । अब यो सिजनमा पनि भारतीय खेलाडीको नेतृत्वमा टोली च्याम्पियन बन्नेछ ।