९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आईपीएलः प्लेअफमा पुगेका चारै टोलीमा ११ वर्षपछि भारतीय कप्तान

आईपीएलः प्लेअफमा पुगेका चारै टोलीमा ११ वर्षपछि भारतीय कप्तान
अ अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ बिस्तारै समापन हुँदैछ । आजबाट प्लेअफका खेलहरु सुरु हुँदैछन् । प्लेअफमा फाइनल सहित चार खेल हुनेछन् ।

मंगलबार पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सको टोली आमनेसामने हुनेछन् । त्यस्तै, बुधबार एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सको सामना गर्नेछ । त्यसपछि शुक्रबार क्वालिफायर–२ खेल हुनेछ भने फाइनल आइतबार खेलिनेछ ।

११ वर्षपछि आईपीएलमा प्लेअफ वा अन्तिम चारमा पुग्ने चारै टोलीका कप्तान भारतीय छन् । यसअघि सन् २०१२ मा मात्रै यस्तो भएको थियो ।

लिग चरणका शीर्ष चार टोली प्लेअफमा पुग्छन् । पहिलो र दोस्रो हुने टोलीले फाइनल पुग्ने दुईवटा मौका पाउनेछन् । तेस्रो र चौथो स्थानको टोलीका लागि भने भर्चुअल नकआउट हो । पहिलो र दोस्रो हुने टोलीले क्वालिफायर–१ खेल्छन् भने तेस्रो र चौथो स्थानमा रहेका टोलीले एलिमिनेटर खेल्छन् ।

क्वालिफायर–१ को विजेता टोली सीधै फाइनलमा प्रवेश गर्नेछ । हार्ने टोलीले एलिमिनेटरको विजेतासँग क्वालिफायर–२ खेल्नेछ । एलिमिनेटरमा हार्ने टोलीको यात्रा समाप्त हुन्छ । साथै क्वालिफायर–२ मा विजेता टोली फाइनलमा पुग्छ भने हार्ने टोलीको यात्रा समाप्त हुन्छ ।

आईपीएलमा क्वालिफायर अन्तर्गत फाइनल पुग्ने नियम २०११ मा आएको हो । त्यसअघि सेमिफाइनलको लाइनमा अन्तिम चार खेल खेलिन्थ्यो । २००८ देखि लिएर अहिलेसम्म अन्तिम चारमा पुग्ने चारै टोलीको कप्तान भारतीय खेलाडी रहेको दुइपटक मात्रै (२०१२ र २०२३) भएको छ । बाँकी सिजनमा सधैं अन्तिम चारमा कुनै न कुनी टिमको कप्तान विदेशी रहेका छन् ।

अहिलेसम्म १५ सिजनमध्ये १२ सिजनमा भारतीय कप्तानको नेतृत्वमा टोलीले उपाधि जितेको छ । रोहित शर्माको कप्तानीमा मुम्बईको टोली पाँच पटक, धोनीको कप्तानीमा चेन्नईको टोली चार पटक, गौतम गम्भीरको कप्तानीमा कोलकाताको टोली दुई पटक र हार्दिकको कप्तानीमा गुजरात टाइटन्सको टोली एक पटक च्याम्पियन बनेको छ ।

सन् २००८ मा राजस्थानको टोली शेन वार्न, २००९ मा डेक्कन चार्जर्सको टोली एडम गिलक्रिस्ट र २०१६ मा हैदरावादको टोलीले डेभिड वार्नर अर्थात विदेशी कप्तानको नेतृत्वमा उपाधि जितेको थियो । अब यो सिजनमा पनि भारतीय खेलाडीको नेतृत्वमा टोली च्याम्पियन बन्नेछ ।