९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली प्रोफेसर, डाक्टर, इन्जिनियर, आर्किटेक सबै हो– गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सत्तापक्षले आफ्नो कमजोरी लुकाउने प्रतिपक्षको तेजोबोध गर्ने गरेको आरोप लगाएका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष केपी ओलीलाई हेडमास्टर भनेपछि मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

सांसद सापकोटाले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा ओली हेडमास्टर शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका थिए। सोहि कुराको टिप्पणी गर्दै उनले भने, ‘हामीले पनि केही कुरा जवाफ दिनुपर्ने भयो हेडमास्टर भन्नुभयो हामी आक्रोशित छैनौँ। एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता सामाजिक न्यायसहितको परिवर्तनको विश्वविद्यालय हो। त्यो तपाईँहरूले दिएको उपाधिलाई हामीलाई पुग्दैन। केपी ओली यो विश्वविद्यालयको भिसी हो, प्रोफेसर, डाक्टर हो। इन्जिनियर हो। आर्किटेक हो। सबै हो। तपाईँहरूले कम्तीमा सिक्न पाउनुभयो। बधाई भन्न चाहन्छु। उहाँले भनेको कुरा ग्रहण गर्नु सुल्टो बाटो हुन्छ।’