२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुकुम्वासीलाई राहत वितरण



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को नियन्त्रण र रोकथामका लागि गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका सुकुम्वासी परिवारलाई राहत स्वरुप चामल प्रदान गरिएको छ ।

कागेश्वरी नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छेउमै रहेको सुकुम्वासी टोलका ११ परिवारलाई ३० केजी बराबरको १–१ बोरा चामल वितरण गरिएको हो । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं प्रशिक्षक अशोक खड्काको पहलमा जोरपाटी निवासी तेक्वान्दोकै पूर्व प्रशिक्षक राजकुमार ढुंगानाले राहतका लागि सहयोग गरेका हुन् ।

खड्काले सुकुम्वासी टोलमै पुगेर सम्बन्धितलाई राहत वितरण गर्नुभयो । २०७२ सालको महाभुकम्पमा पनि खड्काकै अग्रसरतामा सोही टोलका पीडित सुकुम्वासीलाई टहरा निर्माण गरिदिनुका साथै पाल र राहत वितरण गरिएको थियो ।

जारी निशेधाज्ञाको अवधिमा ३७ परिवारलाई राहत वितरण गरिएको तथा २ मृगौला पीडितलाई आर्थिक सहयोग पनि प्रदान गरिएको खड्काले बताउनुभयो। कागेश्वरी नगरपालिका वडा २ का अशक्त वृद्धा ६७ वर्षीय बाबुलाल नगरकोटीलाई ओड्ने ओछ्याउनेका साथै राहत पनि उपलब्ध गराउनु भएको थियो । एक अपाङ्ग भुजेल परिवार तथा रुखबाट खसेर गम्भीर घाइते भएका एक कार्की परिवारलाई पनि आर्थिक सहयोगका साथै राहत उपलब्ध गराउनुभयो ।

कोरोनाकै कारण २०७६/२०७७ मा गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा पनि समस्यामा परेका ४ सय ५० भन्दा बढी परिवारलाई अशोककै सक्रिएतामा राहत, स्वास्थ्य सामाग्री र राहत प्रदान गरिएको थियो ।