• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज मङ्गलवार सुन तोलामा आठ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौ हजार दुइ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार उक्त सुन एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख आठ हजार सात रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार तिन सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।