२५ श्रावण २०८३, सोमबार
,
Latest
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल प्रवेशका लागि गुजरात र चेन्नई भिड्दै, हार्ने टिमले पनि पाउँछ अर्को मौका



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजनको क्वालिफायर–१ अन्तर्गत आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ ।

खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा साँझ ७ः४५ बजे सुरु हुनेछ । यी दुई टोली लिग इतिहासको प्लेअफमा पहिलो पटक आमनेसामने हुँदैछन् ।

गुजरातको यो दोस्रो सिजन मात्र हो । गत वर्ष टोली च्याम्पियन बने पनि चेन्नई समूह चरणबाटै बाहिरिएको थियो । यद्यपि, चेन्नई समग्रमा १२ औं पटक प्लेअफमा पुगेको छ ।

क्वालिफायर–१ को विजेता टोलीले फाइनलमा स्थान पक्का गर्नेछ । हार्ने टोलीसँग फाइनल पुग्ने थप एउटा मौका हुनेछ । उसले एलिमिनेटरमा विजेता टोलीविरुद्ध क्वालिफायर–२ मा प्रवेश पाउनेछ ।

चेन्नईले यो सिजन हालसम्म खेलेका १४ खेलमध्ये ८ जित र ५ हार बेहोरेको छ । साथै एक खेल वर्षाका कारण रद्द भएको थियो । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई १७ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रह्यो ।

टोलीका ओपनर डेभोन कोनवे र ऋतुराज गायकवाडले यो सिजन ६८८ रनको साझेदारी गरेका छन् । यस्तो अवस्थामा दुवैले आज खेल्ने हो भने टोलीले ठूलो स्कोर बनाउन सक्छ ।

डेभोन कोनवे, मोइन अली, मथिशा पाथिराना र महिश तिक्षाना गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक ऋतुराज गायकवाड, तुषार देशपाण्डे र अजिंक्य रहाणे जस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

अर्कोतर्फ गुजरातले यो सिजन अहिलेसम्म खेलेका १४ मध्ये १० खेल जितेको छ भने चारमा मात्र हार बेहोरेको छ । हार्दिकको कप्तानीमा गुजरातले उत्कृष्ट प्रदर्शन गर्दै २० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रह्यो । टोलीले सिजनका १० मध्ये ६ खेल पछ्याउँदै जित निकालेको छ । चेज गर्दा गुजरातले यस सिजन ७५ प्रतिशत खेलहरू जितेको छ । त्यसैले टोली चेन्नई विरुद्ध पनि लक्ष्य पछ्याउन चाहन्छ ।

चेन्नईविरुद्धको टोलीमा चार विदेशी खेलाडी डेभिड मिलर, राशिद खान, नूर अहमद, अल्जारी जोसेफ हुन सक्छन् । यी बाहेक मोहम्मद शामी, शुभमन गिल र हार्दिक पाण्ड्याजस्ता खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

हेड टु हेडको कुरा गर्ने हो भने दुई टोलीबीच अहिलेसम्म जम्मा तीन खेल भएका छन् । गुजरातले तीनै खेल जितेको छ । यी खेलहरू ब्रेबोर्न, वानखेडे र नरेन्द्र मोदी स्टेडियममा खेलिएका थिए । चेपौक रंगशालामा दुवै टोली पहिलो पटक आमनेसामने हुनेछन् ।

एमए चिदम्बरम स्टेडियमको पिचमा स्पिन बलरहरूको दबदबा छ । तर यहाँ सिजनको सुरुवाती खेलहरूमा २०० भन्दा बढी रन बनाइएको थियो । पछिल्ला केही खेलहरूमा स्कोरिङ दर निश्चित रूपमा सुस्त भएको छ । यस्तो अवस्थामा आज पनि स्पिन पिच देख्न सकिन्छ । यस सिजन चेपौकमा जम्मा सात खेल खेलिएका छन् । जसमा चेन्नईले चार जित र तीन हार बेहोरेको छ । जसमा पहिले ब्याटिङ गर्ने टोलीले तीन पटक र लक्ष्य पछ्याएको टोलीले चार पटक जित हासिल गरेको थियो ।

मंगलबार चेन्नईमा मौसम सफा हुनेछ । दिनमा धेरै गर्मी हुनेछ । पानी पर्ने सम्भावना छैन । मंगलबारको तापक्रम २९ देखि ३६ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (विकेटकिपर/कप्तान), ऋतुराज गायकवाड, डेभोन कोनवे, अजिंक्य रहाणे, शिवम दुबे, मोइन अली, रविन्द्र जडेजा, दीपक चाहर, तुषार देशपांडे, मथिश पथिराना र महिश तीक्षाना ।

गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), ऋद्धिमान साहा (विकेटकिपर), शुभमन गिल, साई सुदर्शनरशिवम मावी, डेभिड मिलर, राहुल तेवाटिया, मोहित शर्मा, राशिद खान, नूर अहमद, यश दयाल र मोहम्मद शामी ।