२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो बेन्च नै फाइनल हो, जिम्मेवारीबाट हामी भाग्दैनौं : न्यायाधीश खतिवडा



अ+ अ-

काठमाडौं । संवैधानिक इजलासका एक न्यायाधीशले संसद विघटन सम्बन्धी मुद्दामा अर्को बेन्च गठनको कुरा नगर्न आग्रह गरेका छन् । 

बुधवार न्यायाधीश ईश्वर प्रसाद खतिवडाले यही बेन्चले हेर्ने भन्दै बेन्च गठनको कुरामा अबदेखि बहस नगर्न आग्रह गर्दै आफूहरुलाई आएको जिम्मेवारीबाट पछि नहट्ने बताएका छन् ।

इजलास सुरु भएलगत्तै आफ्ना भनाइ राख्दै खतिवडाले भने, ‘हिजो अस्तिका कुरा कोट्याउन चाहन्न त्यो हाम्रो जानकारीमा छ । संयोगले जिम्मेवारी आएको छ अब यो जिम्मेवारीबाट हामी भाग्दैनौं ।’ उनले भने, ‘कहिलेकाहीँ शब्दबाट जवाफ हुन्छ, कहिलेकाहीँ उत्तर मौनता हुन्छ । अबदेखि बेन्च गठनको कुरामा बहसमा नउठाऔं ।’

फैसला लेख्ने बेला के गर्ने गरौंला भन्दै उनले यही बेन्च नै अन्तिम भएको बताए ।