२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी प्रकरण : राज्यविरुद्धको कसुर, संगठित अपराध र ठगी मुद्दा चलाउन माग



file photo
अ+ अ-

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकणमा नेपाल प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । अनुसन्धान पूरा गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बुझाएको रायसहितको प्रतिपवेदनमा प्रहरीले त्यस्तो सिफारिस गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले २०७९ चैत १२ गतेदेखि सुरु गरेको अनुसन्धान ५८ दिनमा पूरा गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा कतिपय अभियुक्तविरुद्ध जाहेरी आउन सक्ने र संगठित अपराधमा संलग्न अन्य आरोपितलाई समेत कानूनी दायरामा ल्याउन मिल्ने गरी पूरक प्रतिवेदन पुनः पेस गर्ने विकल्पसहितको अनुसन्धान प्रतिवेदन बुझाएको परिसरले जनाएको छ ।

परिसर प्रमुख दानबहादुर कार्कीले अनुसन्धान प्रतिवेदनमा ३० जना अभियुक्तले २७ करोड ५० लाख ७४ हजार पाँच सय रुपैयाँ ठगी गरेको पाइएको जानकारी दिनुभयो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा २३ वटा उजुरीमार्फत् ११३ जना पीडितले जाहेरी दिएको जानकारी दिनुभयो । जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको १७८ पृष्ठको रायसहितको प्रतिवेदनमा पक्राउ परेका १६ जना र पक्राउ पुर्जी जारी भएपछि फरार १४ जनामाथि संगठित उपराध, ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय पेस गरिएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।




भर्खरै