२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी प्रकरण : राज्यविरुद्धको कसुर, संगठित अपराध र ठगी मुद्दा चलाउन माग



file photo
अ+ अ-

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकणमा नेपाल प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । अनुसन्धान पूरा गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बुझाएको रायसहितको प्रतिपवेदनमा प्रहरीले त्यस्तो सिफारिस गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले २०७९ चैत १२ गतेदेखि सुरु गरेको अनुसन्धान ५८ दिनमा पूरा गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा कतिपय अभियुक्तविरुद्ध जाहेरी आउन सक्ने र संगठित अपराधमा संलग्न अन्य आरोपितलाई समेत कानूनी दायरामा ल्याउन मिल्ने गरी पूरक प्रतिवेदन पुनः पेस गर्ने विकल्पसहितको अनुसन्धान प्रतिवेदन बुझाएको परिसरले जनाएको छ ।

परिसर प्रमुख दानबहादुर कार्कीले अनुसन्धान प्रतिवेदनमा ३० जना अभियुक्तले २७ करोड ५० लाख ७४ हजार पाँच सय रुपैयाँ ठगी गरेको पाइएको जानकारी दिनुभयो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा २३ वटा उजुरीमार्फत् ११३ जना पीडितले जाहेरी दिएको जानकारी दिनुभयो । जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको १७८ पृष्ठको रायसहितको प्रतिवेदनमा पक्राउ परेका १६ जना र पक्राउ पुर्जी जारी भएपछि फरार १४ जनामाथि संगठित उपराध, ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय पेस गरिएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।