२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

ओखलढुङ्गामा सुनुवार सङ्ग्रहालय स्थापना

ओखलढुङ्गामा सुनुवार सङ्ग्रहालय स्थापना
अ अ+ अ-

ओखलढुङ्गा । सुनुवार समुदायको लोक संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि ओखलढुङ्गाको पोकलीमा सुनुवार सङ्ग्रहालय स्थापना गरिएको छ । सुनुवार सेवा समाजले जिल्लाको लिखु गाउँपालिका—९ पोकलीको वाच्पुमा घर निर्माण गरेर सो सङ्ग्रहालय स्थापना गरेको हो । 

सङ्ग्रहालय भवन निर्माणका लागि दाताहरुबाट रु तीन लाख, लिखु गाउँपालिका—९ बाट रु तीन लाख र सङ्घीय सांसद यज्ञराज सुनुवारको सांसद विकास कोषबाट रु ५ लाख सहयोग प्राप्त भएको समाजका अध्यक्ष देवकुमार रुपाचाले बताउनुभयो । उहाँले सुनुवार समुदायको मौलिक संस्कृतिको संरक्षण र पोकलीमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले समाजले आफ्नै सुविधा सम्पन्न भवन बनाएर सङ्ग्रहालय स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । 

उक्त भवनमा सुनुवार समुदायको मौलिक संस्कृति झल्काउने भेषभूषा, सुनुवारी बाजा र सुनुवार संस्कृतिका ऐतिहासिक एवम् धार्मिक महत्वका सामग्री राखिने समाजका सल्लाहकार पशुपति सुनुवारले बताउनुभयो ।

“हाम्रो समाजको आफ्नै छुट्टै भवन थिएन, हाम्रो मौलिक संस्कृति झल्काउने सामग्री राख्न तथा भेला र बैठक गर्न समस्या थियो”, उहाँले भन्नुभयो, “भवन निर्माण भएपछि अब पोकली घुम्न आएका पर्यटकलाई सुनुवार समुदायको मौलिक संस्कृतिबारे जानकारी दिन सहज भएको छ ।”

सनुवार समुदायकोे जातिय पहिचान स्थापना गर्न र सुनुवारी भाषा एंव संस्कृतिसँग सम्बन्ध जोडिएका पोकलीमा पर्यटन प्रवद्र्धन गर्ने गरी सङ्ग्रहालयको अवधारणा ल्याइएको उहाँको भनाइ छ । 

सुनुवार संस्कृतिको संरक्षण, प्रचारप्रसार र पोकलीको पर्यटन प्रर्वद्धनमा सङ्ग्रहालयले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास समाजको छ । दुई कोठे सो भवनकोे रङ्गरोगन र शौचालय बनाउने काम सम्पन्न भएको छ । 

पछि त्यसमाथि तल्ला थपिने लक्ष्य छ । सुनुवार समुदायको बाहुल्यता रहेका लिखु—९ पोकलीमा वर्षेनी सयौँको सङ्ख्यामा ‘पोकली झरना’ घुम्न आउने पर्यटक सुनुवार समुदायको मौलिक संस्कृति हेर्न लोभिने गर्दछन् । 

पोकली झरना अवलोकन गर्न आउने पर्यटकले सुनुवार समुदायको मौलिक संस्कृतिबारे जानकारी लिन चाहने भएकाले वडाको सम्पदाको रुपमा रहने हुँदा सो भवन निर्माणमा वडा कार्यालयले सहयोग गरेको लिखु—९ का वडाध्यक्ष सुकवीर तामाङले बताउनुभयो ।  

मुलुककै दोस्रो अग्लो झरनाका रुपमा मानिने जिल्लाको पोकली झरनाको नाम सुनुवार भाषासँग जोडिएको मानिन्छ । किंवदन्ती अनुसार परापूर्वकालमा कुनै नवआगन्तुक पोकली झरना अवलोकनमा आइपुगेको र त्यहाँ एक जना सुनुवार समुदायकी महिलाले सिस्नु टिप्दै गर्दा यो झरनाको नाम के हो भनेर पर्यटकले सोध्दा ती महिलाले सिस्नु के को लागि टिपेको भन्ने प्रश्न होला भनेर ‘पो कलि’ भन्ने जवाफ दिएको र सोही समय देखि उक्त झरनाको नाम पोकली रहन गएको भन्ने मान्यता छ । सुनुवार भाषामा पो भनेको सुँगुर र कलि भनेको लाई भन्ने बुझिन्छ । 

कतिपयले पोकली झरनाको नामका विषयमा फरक फरक तर्क गर्ने गरेको भएपनि त्यहाँका सुनुवार समुदायले पोकली नामकरणमा सुनुवारी पहिचानसँग जोडिएको दावी गर्ने गरेका छन् । एक सय ३० मिटर उचाइको सो झरना अङ्कित हुलाक टिकटसमेत प्रचलनमा आइसकेको छ । 

समुद्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाइमा रहेको सो झरना कर्णाली प्रदेशको कालिकोटस्थित १४८ मिटर उचाइको पचल झरना पछिको नेपालको दोस्रो झरना रहेको मानिन्छ । लिखुखोलाको उत्तरपूर्वबाट झर्ने सो झरना नजिकै पर्ने घना जङ्गलले ढाकेको गौरी वन अर्को आकर्षण हो । खोलाको चट्टाने भागमा बजारिँदै झरेको पानीको बेगले आनन्द दिने गरिन्छ । झरनाको २०० मिटर तल हाँडीदह छ । 

परापूर्वकालमा झरना आसपासमा रिठ्ठे झाँक्री बसोबास गर्ने र गाउँमा आवश्यक पर्दा हाँडीदहमा धुप हालेर प्राथना गरेपछि भाँडाकुँडा दहबाट निस्कने गरेको जनविश्वास छ । सुनुवार समुदायको बाहुल्यता रहेको पोकली झरना क्षेत्र आसपासमा ब्राह्मण, तामाङ, शेर्पासहित अन्य जातजातिको पनि बसोबास छ । बहुसांस्कृतिक एवं बहुधार्मिक पहिचानको सम्भाव्यता बोकेको पोकली क्षेत्रमा पुग्ने पर्यटकलाई स्थानीयवासीले लोभलाग्दो जातीय झाँकी र नाच देखाउने गरिन्छ । (रासस, पूर्णप्रसाद न्यौपाने)