२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनौटः ब्राजिलद्वारा पाराग्वे २–० ले पराजित, अर्जेन्टिना बराबरीमा



अ+ अ-

काठमाडौं । कतारमा सन् २०२२ मा हुने आगामी विश्वकप फुटबलको दक्षिण अमेरिकी छनौट अन्तर्गत दक्षिण अमेरिकी महारथी राष्ट्र ब्राजिलले पाराग्वेलाई २–० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै ब्राजिलले छ खेलबाट १८ अंकका साथ समूहमा पहिलो स्थानलाई अझ सुदृढ गरेको छ ।

ब्राजिलका फरवार्ड नेमारले चौथो मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि लामो समय दुबै टिमबाट गोल हुन सकेको थिएन । तर उत्तराद्र्धको इन्जुरी समयमा ब्राजिलका लुकास पाक्वेटाले नेमारले मिलाएको पासमा गोल गरेका थिए ।

दोस्रो स्थानमा रहेको अर्जेन्टिनालाई भने कोलम्बियाले २–२ गोलको बराबरीमा रोकेको छ । हालसम्म तीन वटा खेल बराबरी खेलको अर्जेन्टिनाका लागि पहिलो आठ मिनेटभित्रै क्रिस्टियन रोमेरो र लियोनार्दो पारेडेसले गोल गरेका थिए ।

कोलम्बियाका लागि लुइज मोरेल र म्यागुएल बोरजाले गोल गरेका थिए । यो बराबरीसँगै अर्जेन्टिनाले ६ खेलबाट  १२ अंक र कोलम्बियाले ८ अंक जोडेको छ ।

अन्य खेलहरुमा भेनेजुएला र उरुग्वे तथा चिली र बोलिभियाले बराबरी खेलेका छन् भने पेरुले इक्वेडरलाई २–१ गोलले पराजित गरेको थियो ।

अंक तालिकाः (छ खेल खेलिसकेको अवस्थामा)
 

१. ब्राजिल –– १८ अंक

२. अर्जेन्टिना –– १२ अंक

३. इक्वेडर –– ९ अंक

४. उरुग्वे – ८ अंक

५. कोलम्बिया –– ८ अंक

६. पाराग्वे –– ७ अंक

७. चिली –– ६ अंक

दक्षिण अमेरिकी समूहमा १० टिम राउन्ड रोबिनका लागि छनौट भइसकेका छन् । यीमध्ये सबैभन्दा बढी अंक ल्याउने चार वटा टिम सोझै विश्वकपका लागि छनौट हुनेछन् भने पाँचौं टिमले अन्य महादेशको टिमसँग प्रतिस्पर्धा गर्न पाउने छ ।
––