२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

पहिराको डरले गाउँ छाड्न बाध्य भए नागरिक

पहिराको डरले गाउँ छाड्न बाध्य भए नागरिक
सांकेतिक तस्बिर
अ अ+ अ-

डोटी । पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–४ डौड र बाहुनसैन गाउँका नागरिक हिजोआज गाउँ छाड्न बाध्य छन् । जिल्लामा पछिल्लो समय वर्षात् भइरहेका कारण गाउँमा पहिरा आउने र बस्ती नै बग्ने डरले उनीहरु गाउँ छाड्न बाध्य भएका हुन् । 

विसं २०७४ साउन २४ गते आएको पहिराले उक्त गाउँका छ व्यक्तिको मृत्यु भएपछि उनीहरु वर्षेनी वर्षात्का समयमा गाउँ छाडेर जङ्गलमा बास बस्दै आएका हुन् । त्यस वर्षको पहिराका कारण गाउँमाथिको डाँडामा चिरा परेका कारण जतिबेला पनि पहिरा आउन सक्ने र गाउँ नै पुरिने खतरा रहेका कारण कम्तीमा पनि ५० घरपरिवार गाउँ छाड्न बाध्य भएको स्थानीयवासी गणेश उपाध्यायले बताउनुभयो । 

उक्त दुई गाउँको बस्ती पहिराले जोखिममा रहेकाले मानव बस्ती स्थानान्तरणका लागि पटकपटक माग गरिए पनि कुनै  निकायबाट सम्बोधन हुन नसकेको स्थानीयवासीको आरोप छ । बस्ती स्थानान्तरणका लागि विभिन्न समिति निर्माण गरी अनुगमन गरिए पनि उक्त बस्ती कहाँ र कुन ठाउँमा सार्ने भन्ने विषयमा ठोस निर्णय हुन नसकेका कारण वर्षात्मा गाउँले गाउँ छाडेर जङ्गलमा बास खोज्न जान थालेका अर्का स्थानीयवासी तथा माओवादी नेता तेज डुम्रेलले बताउनुभयो । 

वर्षात्  शुरु हुनुभन्दा पहिले यहाँका नागरिक आफ्ना लालाबाला र पशुचौपाया लिएर जङ्गलमा बास खोज्न थालेको सबैले जानकारी पाउने गरे पनि त्यसको समाधानका लागि ठोस पहल कहीँ कतैबाट पनि हुन नसकेको सायल–४ दौडका दलबहादुर सिंहले बताउनुभयो । 

वर्षात्मा गाउँ छाडेर लेकाली क्षेत्रमा रहेका खर्कमा उक्त दुई गाउँका नागरिक जाने गरेका र बर्सात सकिएपछि असोज, कात्तिकतिर गाउँ फर्किने गर्दै आएका छन् । पहिराले गाउँमा बस्न समस्या भएको चार वर्ष बितिसक्दा पनि आफ्ना समस्या कुनै पनि जनप्रतिनिधिले समाधानका लागि पहल नगरेको आरोपसहित त्यहाँका नागरिक आक्रोशित बन्दै आएका छन् । 

वर्षात्का कारण उक्त दुई गाउँका किसानका खेतबारीसमेत बगाएको छ । खेतभरि पूरै ठूल्ठूला ढुङ्गा र बालुवाले भरिएकाले किसानलाई खेती गर्नसमेत समस्या हुँदै आएको स्थानीयवासी तथा सञ्चारकर्मी डिलबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “धान, गहुँ लगाउने खेतबारीमा ढुङ्गा र बालुवाले भरिएका छन्, किसानलाई खेती लगाउन पनि समस्या छ ।” यसैगरी सोही गाउँपालिका वडा नं ३ सार्पे बेटारा गाउँ पनि पहिराको उच्च जोखिममा रहेको बताइएको छ । 

सामान्य वर्षात्  हुँदा पनि माटो भासिएर जाने गरेका कारण गाउँमा रहेका ७० घरधुरीमध्ये ४० घर पहिराको उच्च जोखिममा रहेको स्थानीयवासी धिरजबहादुर विष्टले बताउनुभयो । स्थानीय सरकारले अहिलेसम्म उक्त गाउँमा पहिरो रोकथाम तथा नियन्त्रणका लागि कुनै पहल चाल्न नसकेको स्थानीयवासीको आरोप छ । गाउँमा रहेका विद्यालय पनि पहिराको उच्च जोखिमा रहेको बताइएको छ । सामान्य बर्सात हुँदा पनि विद्यालयको पढाइ बन्द गर्नुपर्ने अवस्था सिर्जना रहँदै आएको स्थानीयवासी बताउँछन् ।

पहिराले जोखिममा रहेका बस्तीका लागि वर्षेनी गाउँपालिकाले रु १५ देखि रु २० लाख बजेट विनियोजन गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष विष्णादेवी सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “बस्ती सार्न ठूलो रकम आवश्यक छ, हामीले पहिराले जोखिम रहेका बस्तीमा बर्षेनि पालिकाले सक्ने जति बजेट विनियोजन गर्दै आएका छौँ, केन्द्र तथा प्रदेश सरकारसँग बस्ती स्थानान्तरणका लागि माग गरेका छौँ, माग सुनुवाइ भएको छैन ।” पहिराको जोखिममा रहेका बस्तीमा भौगोलिक बनावट नै बस्न लायक नभएकाले समस्या समाधानका लागि करोडौँ खर्च लाग्ने र गाउँपालिकाको बजेटले नभ्याउने उपाध्यक्ष सिंहको भनाइ छ । (रासस, बिमल विष्ट)