२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार बन्न नसकेको होइन, राष्ट्रपतिले नबनाइदिएको हो : वरिष्ठ अधिवक्ता यादव



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपतिले झालझेल गरी सरकार बन्न नदिएको आरोप लगाएका छन् । 

बुधवार सर्वोच्चको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट पहिलो बहस गर्दै यादवले संविधानको धारा ७६ (५)अनुसारको सरकार बन्न नसकेको होइन, बन्न नदिइएको आरोप लगाएका हुन् । 

वरिष्ठ अधिवक्ता यादवले भने – 'यहाँ जालझेल गरियो । सरकार बन्न नसकेको हो कि, राष्ट्रपतिलाई नबनाइदिएको हो ? बहुमत सांसदको हस्ताक्षर लिएर गएका देउवालाई प्रधानमन्त्री बन्न नदिएर रातारात प्रतिनिधि सभा विघटन गरियो।'

उनले ७६ (५) को सरकार बन्न दलीय समर्थन अनिवार्य नभएको जिकिर पनि गरे । 

'७६ (५) मा पार्टीको धारणा लागू नहुनेगरी सरकार गठनको व्यवस्था गरिएको हो । यसमा किन्तु परन्तु केही नहुने हो । दलको समर्थन पनि लिन त सकिन्छ, तर अनिवार्य छैन,' यादवले भने ।

प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको अवज्ञा गरेको आरोप पनि उनले लगाए ।