२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पतञ्जलीको कोरोनिल किट् वितरणमा रोक



अ+ अ-

काठमाडौं । भारतीय योगगुरु बाबा रामदेवको पतञ्जली योगपीठबाट उत्पादि कोरोनिल किट् वितरणमा नेपालले रोक लगाएको छ ।

यो कोरोनाभाइरसविरुद्ध प्रभावकारी रहेको जिकिर गरिएको थियो । 

तर नेपालमा कोरोनाभाइरसविरुद्ध प्रभावकारी भएको पर्याप्त प्रमाण नभेटिएको भन्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले वितरणमा रोक लगाएको हो ।

विभागले पतञ्जलीले उपहारस्वरुप दिएका ती किट् नेपालको औषधी व्यवस्था विभागमा दर्ता नभएको समेत जनाएको छ । 

पतञ्जलीको तर्फबाट गएको हप्ता १५०० किट् तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको थियो ।