३१ भाद्र २०८३, बुधबार
,
Latest
जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिइने ‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पतञ्जलीको कोरोनिल किट् वितरणमा रोक



अ+ अ-

काठमाडौं । भारतीय योगगुरु बाबा रामदेवको पतञ्जली योगपीठबाट उत्पादि कोरोनिल किट् वितरणमा नेपालले रोक लगाएको छ ।

यो कोरोनाभाइरसविरुद्ध प्रभावकारी रहेको जिकिर गरिएको थियो । 

तर नेपालमा कोरोनाभाइरसविरुद्ध प्रभावकारी भएको पर्याप्त प्रमाण नभेटिएको भन्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले वितरणमा रोक लगाएको हो ।

विभागले पतञ्जलीले उपहारस्वरुप दिएका ती किट् नेपालको औषधी व्यवस्था विभागमा दर्ता नभएको समेत जनाएको छ । 

पतञ्जलीको तर्फबाट गएको हप्ता १५०० किट् तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको थियो ।