१४ आश्विन २०८१, सोमबार
,
Latest
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास छैन : जीवन परियार



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताउनुभएको छ ।

एमाले अध्यक्ष केपी ओलीले सो नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गर्नुभएको थियो । सोमवार प्रतिनिधिसभा बैठकमा उहाँले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताउनुभएको हो ।

आफूहरुले पनि विगतमा सरकारहरुले ल्याएका नीति तथा कार्यक्रम र बजेट पढेको उल्लेख गर्दै पुनर्लेखन हालसम्म पनि नभएको र नहुने सहमहामन्त्री परियारको भनाई थियो । उहाँले सरकारले नेपाली जनताको सुख र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले वर्तमान सरकारले पनि त्यसैलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको दाबी गर्नुभयो ।

सहमहामन्त्री परियारले भन्नुभयो, यो नीति तथा कार्यक्रमको बारे पूर्ववक्ता पूर्वप्रधानमन्त्रीहरु र माननीय सदस्यहरुले धेरै विचारहरु प्रश्तुत पनि गरिसक्नुभएको छ । मैले सुने–यो नीति तथा कार्यक्रम काम लाग्दैन । पुनर्लेखन गर्नुपर्‍यो भन्ने पनि सुने । सम्माननीय सभामुख महोदय, हामीले २०७४ साल बनेका सरकारको नीति तथा कार्यक्रम पनि पढेका छौं । हामीले सुनेका छौं । पूर्व अर्थमन्त्रीजीहरुले पेस गरेको बजेटहरु पनि हामीले देखेका छौं । तर आजसम्म हामीले, अहिलेसम्म हामीले इतिहासमा पुनर्लेखन गरेको कुनैपनि इतिहास छैन ।

म स्मरण गराउन चाहन्छु । र, कतिपय माननीयजीहरुले भनिसक्नुभयो–यो नीति तथा कार्यक्रम परम्परागत छ । स्वभाविक रुपमा हो । हाम्रो देश नेपालमा हामीले यो देशको विकास र समृद्धिका लागि, नेपाली जनताको सुख र शान्तिका जे जति योजना र कार्यक्रम ल्याउनुपर्छ । ती सबै नीति तथा कार्यक्रम सबै सरकारका पालामा यसलाई प्राथमिकतामा पर्छन् । र, यसलाई प्रतिशतमा भन्नुपर्दा पूर्व माननीयजीहरुले भन्नुभयो–८० प्रतिशत त पूरानै नीति तथा कार्यक्रम दोहोरिएर आएको छ । अब ८० प्रतिशत पुरानै आएको छ भने वर्तमान सरकारले २० प्रतिशत नयाँ कुरा ल्याएको छ । के फरक पर्‍यो ।’

सहमहामन्त्री परियारले बजेट परम्परावादी भयो भनेर भन्नुको पनि कुनै तुक नरहेको बताउनु भयो ।