२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछौटे दिमागले देश बन्न सक्दैन, अग्रगामी हुनुपर्छ: योगेश भट्टराई



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट दिशा निर्देश नगरेको भन्दै त्यसलाई परिवर्तन गर्न सुझाव दिएका हुन् ।

उनले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि विकासको भाष्य बदलेको उल्लेख गर्दै भने, ‘०५१ सालमा सामाजिक सुरक्षा भत्ता दिन थालेपछि हामीले सरकारको भाष्य बदल्यौँ। केपी ओली प्रधानमन्त्रीको बनेपछि विकासको भाष्य परिवर्तन गर्‍यौँ। तपाईँहरू विकासको भाष्यमा बहस गर्न तयार हुनुहुन्न। भएका कामहरूलाई गलत भए भनेर इतिहासका उल्टो फर्काउन खोज्नुहुन्छ। पछौटे दिमागले देश बन्न सक्दैन। अग्रगामी हुनुपर्छ।’

उनले नेकपा एसका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै उमेर पाको भएर मात्रै नहुने भन्दै कुण्ठाले देश नबन्ने बताए।