२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सांसद थापालाई पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन माग



अ+ अ-

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध पुनरावलोकन माग गर्दै निवेदन दर्ता भएका छन् ।

उक्त फैसालविरुद्ध तीनवटा पुनरावलोकन निवेदन (भ्याकेट) दर्ता भएका हुन् ।

थापाका विपक्षी राष्ट्रिय जनमोर्चा नेपाल, गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी र गण्डकी प्रदेश सभा सचिवालय उक्त निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

सर्वाच्च अदालत स्रोतका अनुसार तीनवटै निवेदन दर्ता भएका छन् । ती निवेदनका लागि बिहीबार पेसी तोकिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने निर्णयको कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

सांसद थापाले आफूलाई कानूनविपरीत कारबाही गरेको हुँदा पुनः बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । 

पार्टीको निर्णयविपरीत नेकपा (एमाले) का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिएको भन्दै थापालाई जनमोर्चाले कारबाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गराएको थियो ।