• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

सुनचाँदी बजार: सुनको मूल्य स्थिर, चाँदी घट्यो



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

आज छापावाल सुन आईतबार कै मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, सोमबार भने चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।