२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

पर्यटकीय पूर्वाधार विकासमा जुट्दै तिनाउ

पर्यटकीय पूर्वाधार विकासमा जुट्दै तिनाउ
अ अ+ अ-

तानसेन । पाल्पा पर्यटकका लागि घुम्न र गर्मी छल्न तराईबाट मान्छे आउने पहाडी जिल्ला हो । नेपालको ताजमहलका रुपमा परिचित यहाँको रानीघाट रानीमहल, भैरवस्थान मन्दिर, रामपुर तालपोखरा, निस्दीको काउलेडाँडा, लेकडाँडा, रामपुर तालपोखरा, तानसेन श्रीनगरलगायत स्थल  पर्यटकका आकर्षणका केन्द्र हुन् । यी स्थलमा पर्यटकलाई आकर्षित गर्न विभिन्न योजना बनाइएका छन् ।

पछिल्लो समय कोभिड महामारीका कारण पर्यटकीयस्थल सुनसान छन् । पर्यटक जिल्ला नआएकै बखत स्वास्थ्य मापदण्ड अपनाएर कतिपय स्थान मर्मत तथा निर्माण भइरहेका छन् । रुपन्देहीको बुटवल भित्रिने सिद्धार्थ राजमार्गसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाले पर्यटक भित्र्याउने योजनाका साथ धार्मिक तथा ऐतिहासिकस्थलको पहिचान गरी विकासमा अग्रसरता देखाएको छ ।

नेपालमै छुट्टै पहिचान बोकेको धार्मिक तथा पर्यटकीयस्थल यहाँको सत्यवती मन्दिर परिसरमा यस वर्ष मर्मतसम्भारको काम भएको छ । सार्वजनिक रुपमै चिच्याएर वर माग्ने तिनाउ गाउँपालिका–४ कोलडाँडामा रहेको मन्दिर क्षेत्रमा थप पूर्वाधार विकासका काम गरिएको छ । गत वर्ष सरकारको रु एक करोड बजेटबाट काम भइरहेको सत्यवती मन्दिरलाई आगामी आवमा पनि सरकारले बजेटमा समावेश गरेको छ । सत्यवती दर्शन प्रालिले कोभिड न्यूनीकरण हँुदै गएपछि पालिकाको चौबिस माइलदेखि एक हजार ३५० मिटर लम्बाइको केबलकार निर्माण गरिने जनाएको छ । 

समुन्द्री सतहदेखि करीब एक हजार ४०० मिटर उचाइमा रहेको सत्यवती क्षेत्रमा कोभिड–१९ को महामारीबीच आव २०७७÷७८ को योजनाअनुरुप नै मन्दिर परिसरमा रहेको ताल वरपर बाटो निर्माण, चौर व्यवस्थापन, तालसम्म पानी पु¥याउने कुलो निर्माण, टायल बिछ्याउने, पर्खाल लगाउने, तालमा जम्मा भएको माटो फालेर सरसफाइ, रेलिङ राख्ने, सत्यवती बज्यैको मूर्ति राख्ने, शौचालय तथा मन्दिर परिसरसम्म पुग्ने बाटोमर्मत तथा सवारी पार्किङ्को काम भएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो । 

सिद्धार्थ राजमार्गको झुम्साखोलादेखि करीब १० किलोमिटर पैदल हिँडेपछि पुगिने सत्यवतीमा केन्द्रीय योजनाअन्तर्गतको रु एक करोडको लागतमा मन्दिर परिसरमा संरचना निर्माण तथा करीब रु चार करोडको लागतमा झुम्साखोलामा पक्की पुल निर्माणको काम भएको हो । कोलडाँडा जङ्गलको बीच भागमा रहेको मन्दिर चिच्याएर वर माग्ने नेपालकै एकमात्र मन्दिर भएको बताइन्छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहे पनि अप्ठ्यारो भूबनोटका कारण चाहेजति पर्यटक भित्र्याउन समस्या भएको पालिकाले जनाएको छ । कार्तिक शुक्ल पूर्णिमा सोही महिनामै परे मात्रै उक्त मन्दिरमा पूजाआजा गर्ने परम्परा छ । 

प्रत्येक वर्ष कात्तिक शुक्ल त्रियोदशीदेखि पूर्णिमासम्म तालमा धार्मिक मेला लाग्ने गर्दछ । दर्शन गर्न पुग्नेहरु बेलुुका तालमा पुग्ने र बिहान झिसमिसे उज्यालो नहुँदै चिच्याएर वर माग्ने तथा मन्दिर परिसर छोड्ने चलन रहेको सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिले जनाएको छ । सत्यवती बज्यै बहिरी रहेको र चिच्याएर वर मागेमा पुग्ने धार्मिक विश्वासले पाल्पासँगै गुल्मी, कपिलवस्तु, नवलपरासी, रुपन्देही, भैरहवा, चितवन, कास्कीलगायत देशका विभिन्न ठाउँ तथा भारतको लखनऊ, गोरखपुर, नौतनहवाबाट समेत पर्यटक आउने गर्दछन् ।

नेपालमै फरक इतिहास बोकेको सत्यवतीमा पुग्नका लागि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डदेखि मन्दिर परिसरसम्म सडक निर्माण गरेर कोभिड सङ्क्रमण नियन्त्रणपछि लाखौँ पर्यटक भित्र्याउने पालिकाको योजना छ । गाउँपालिकाले पालिकालाई जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न हिमाली क्षेत्रको हिमशृङ्खला तथा तराईको समथरसम्म देखिने दृश्यावलोकन स्तम्भ लगायतका पर्यटन पूर्वाधारका काम गरेको छ । 

पालिकाले गाउँपालिकाको जन्तीलुङ्मा रु ५० लाखको लागतमा दृश्यावलोकन स्तम्भ १० घरमा घरबास, पोखरी, सामुदायिक भवन, तालीमहल निर्माण तथा मरामकोटमा रु दश लाखको लागतमा दृश्यावलोकन स्तम्भलगायत  निर्माण गर्न करीब रु ४० लाखको लागतमा चर्चरेदेखि मरामकोटसम्म पुग्ने मोटरबाटो निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो । वडा नं २ दोभानमा शहीद उद्यान निर्माण गरिएको छ । 

नुवाकोटमा उजिरसिंह थापा, मणिमुकुन्दसेन स्मृति उद्यान, सांस्कृतिक डबली निर्माणको काम सकिएको, रामापिथेकसको पार्क निर्माण गरिएको र बङ्गारा भेटिएको ठाउँसम्म बाटो व्यवस्थापनको काम भइरेहको छ । पालिकामा सिद्धबाबा मन्दिर, सत्यवती मन्दिर, सत्यवती ताल, सकेताल, वसन्तपुर, गड्डा हात्तीकोट, नुवाकोट, जन्तीलुङ, मरामकोट लगायतका क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ । (रासस, पवित्रा घिमिरे )