२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ हजार ७५ किताब लेखेर गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ज गराउन सफल !



अ+ अ-

एजेन्सी । गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ज गराएका इनुएले अहिलेसम्म १ हजार ७५ वटा पुस्तक लेखिसकेका छन् । ब्राजिली लेखक र्‍योकी इनुएले संसारमा सबभन्दा धेरै किताब लेखेर कीर्तिमान बनाएका हुन्। 

उनले आफ्नै नाममा अनि ३९ वटा छद्मनाममा पुस्तकहरू प्रकाशन गरेका छन्। सेक्वेसरियो फास्ट फूड नामक पुस्तक उनले जम्मा एक रातमा लेखेर सकेका हुन् । 

उनको यस प्रचुर रचनाशक्तिका बारेमा उनी बताउँछन्, ‘पुस्तक रचना गर्नु भनेको ९८ प्रतिशत मेहनत, १ प्रतिशत प्रतिभा र १ प्रतिशत भाग्य हो । आफूलाई अनुशासित गर्नु पनि अत्यन्त आवश्यक छ । म एउटा पुस्तक लेख्न कम्प्युटरमा बसेपछि नसिध्याइकन प्रायः उठ्दिनँ ।’

पोर्चुगाली भाषामा कलम चलाउने इनुएको आफ्नै वेबसाइट समेत छ । एउटा किताब नसकुन्जेल उनी दिनरात नभनी लेख्ने गर्छन् ।