५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्ष बित्दा पनि बुझाइएन भाडा



अ+ अ-

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरको नाममा रहेको सम्पत्तिमाथिको दुरुपयोग र बेथितिको शृंखला निकै लामो छ । आर्थिक अपचलन र सम्झौता अनुसार लाखौँ भाडा नबुझाउनेहरुको सूची उत्तिकै लामो छ ।

काठमाडौँको गौशालास्थित कित्ता नं ८३ को ४-१५-२-० र सोही स्थानको कित्ता नं ८५ को ४-१०-०-० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गामा रहेको पशुपतिनाथ गौशला धर्मशाला मारवाडी सेवा समितिको कब्जामा रहेका भवनहरुको भाडा नतिरी कैयौँ व्यवसायीहरु फरार भएको पाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचनामार्फत पटक पटक सूचित गर्दा पनि व्यवसायीहरुले भाडावापतको बक्यौता बुझाएका छैनन् । देवी कन्सलट्यान्सी प्रालिका नाममा पनि तिनै फरारको फेहरिस्तमा छ । उक्त कन्सलट्यान्सी तेह्रथुप घर भई काठमाडौँ महानगरपालिका-१०, बानेश्वरका गजेन्द्र थपलियाको हो ।

सो कम्पनीले २०६८ पुस २२ गते सम्झौताअनुसार २०६८ माघ १ गतेबाट लागू हुने गरी पाँच वर्षका लागि पशुपति मन्दिर परिसरमा दक्षिणी प्रवेशद्वारसँग रहेको वनकाली धर्मशाला भाडामा लिएको थियो । कोष र महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार पाँच वर्षका लागि भाडावापत सञ्चालक थपलियाले ९२ लाख १६ हजार ८१६ रुपैयाँ पशुपति क्षेत्र विकास कोषलाई बुझाउन बाँकी छ ।

कोषका प्रवक्ता रेवतिरमण अधिकारीले धेरै पटक भाडा बुझाउन परिपत्र गरिएको भए पनि १२ वर्ष बितिसक्दा पनि बक्यौता नुबझाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भाडावापतको रकम बुझाउन धेरै पटक ताकेता गरियो तर देवी कन्सलट्यान्सीका सञ्चालकले भाडा नबुझाएपछि यो विषय अदालतसम्म पनि पुग्यो । अदालतको फैसलाको पूर्णपाठ आएपछि वक्यौता कसरी उठाउने भन्ने विषय पनि थप प्रष्ट हुनेछ ।’

सञ्चालक थपलियाले भाडाा तिर्ने विषयमा कोषले एकलौटी निर्णय गरेको दाबी गर्नुभयो । उहाँले अदालतको आदेशमा पनि कति तिर्ने भन्ने विषय प्रष्ट नभएको बताउनुभयो । -यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।




भर्खरै