• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

गिलको शतक बैंगलोरका लागि घातक, मुम्बई प्लेअफमा पुग्दा बैंगलोर बाहिरियो



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को पहिलो खेलमा चेन्नईलाई हराएको गुजरात टाइटन्सले अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको आरसीबीले पाँच विकेट गुमाएर १९७ रन बनाएको थियो । जवाफमा गुजरातले १९.१ ओभरमा चार विकेट गुमाएर १९८ रन बनायो र खेल जित्यो । बैंगलोरका लागि विराट कोहलीले अविजित १०१ रन बनाए । त्यस्तै गुजरातका लागि शुभमन गिलले अविजित १०४ रन बनाए ।

आईपीएल २०२३ मा आरसीबीको यात्रा गुजरातसँगको हारसँगै समाप्त भयो । अब एलिमिनेटर खेलमा लखनउले मुम्बईको सामना गर्नेछ । त्यस्तै, पहिलो क्वालिफायरमा गुजरातले चेन्नईको सामना गर्नेछ । प्लेअफमा चौथो स्थानमा पुग्न आरसीबीले जुनसुकै हालतमा यो खेल जित्नुपर्ने थियो तर कोहलीको टोली त्यसो गर्न सकेन र प्लेअफबाट बाहिरियो ।

वर्षाका कारण टस ४५ मिनेट ढिलो भएको थियो । खेल निर्धारित समय पौने ८ बजेभन्दा ५५ मिनेट ढिलो सुरु भएपनि खेलमा एक ओभर पनि घटाएन । गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । कोहली र डुप्लेसिसले सावधानीपूर्वक सुरुआत गरे किनभने पिचले वर्षाका कारण फास्ट बलरहरूलाई मद्दत गर्यो र दुबैले दुई ओभरमा १० रन बनाए । डु प्लेसिसले तेस्रो ओभरमा शमीलाई निशाना बनाए र आफ्नो ओभरमा चार चौका प्रहार गर्दै रनरेटलाई तीव्र पारे ।

उनको ओभरमा १६ रन आयो । त्यसपछि अर्को ओभरमा कोहलीले यशको पहिलो तीन बलमा लेग साइडमा चौका प्रहार गर्दै हात खोलेका थिए । त्यसपछि ओभरको अन्तिम बलमा डु प्लेसिसले चौका प्रहार गरे । यद्यपि राशिद खानले पाँचौं ओभरमा १० रन दिए भने छैठौं ओभरमा नूर अहमदले ९ रन दिए । पावरप्लेको पहिलो ६ ओभरमा दुवैले ६२ रन बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङ रोजेपछि आरसीबीले राम्रो सुरुवात गरेको थियो । उत्कृष्ट लयमा रहेका विराट कोहली र फाफ डुप्लेसिसले पहिलो ओभरदेखि नै राम्रो गतिमा रन बनाउन थाले । पावरप्लेमा यी दुईले मिलेर ६२ रन बनाएका थिए । यसपछि डुप्लेसिस २८ रन बनाएर नूर अहमदको शिकार बने तर कोहली अडिग रहे ।

प्लेसिसपछि म्याक्सवेल पनि ५ बलमा ११ रन बनाएर रासिद खानबाट आउट भएका थिए । लोमरर एक रन बनाएर हिँडे र आरसीबीको स्कोर ८५/३ थियो । यसपछि माइकल ब्रेसवेलले कोहलीसँग ४७ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए । यसै क्रममा कोहलीले आफ्नो अर्धशतक पनि पुरा गरे ।

मोहम्मद शामीले २६ रनको व्यक्तिगत स्कोरमा ब्रेसवेललाई आउट गरेका थिए । यसपछि दिनेश कार्तिक पहिलो बलमै आउट भए । अन्तमा विराट कोहलीले अनुज रावतसँगको अविजित ६४ रनको साझेदारी गर्दै आरसीबीको स्कोर पाँच विकेटमा १९७ रनमा पुर्याए । अनुजले १५ बलमा अविजित २३ रन बनाए । गुजरातका लागि नूर अहमदले दुई विकेट लिए । मोहम्मद शामी, यश दयाल र राशिद खानले एक–एक विकेट लिए ।

यो खेलमा विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै ६१ बलमा १०१ रनको अविजित इनिङ खेले । उनले १३ चौका र एक छक्का प्रहार गरे । आईपीएलमा विराटको यो सातौं शतक हो । योसँगै उनले आईपीएलमा सर्वाधिक शतक बनाउनेमा क्रिस गेललाई पछि पारेका छन् । विराटले लगातार दोस्रो इनिङ्समा शतक बनाए र यस्तो गर्ने तेस्रो ब्याट्सम्यान बने । यसअघि २०२० मा शिखर धवन र २०२२ मा जोस बटलरले यस्तो गरेका थिए ।

१९८ रनको लक्ष्य पछ्याएको गुजरातको सुरुवात खासै केही रहेन । ऋद्धिमान साहा १४ बलमा १२ रन बनाएर आउट भए । यसपछि विजय शंकरले गिलसँग मिलेर गुजरातको इनिङ्सलाई सम्हाले र टिम पावरप्लेमा ५१ रन बनाउन सफल भयो । विजय शंकर र शुभमन गिलबीचको दोस्रो विकेटका लागि १२३ रनको साझेदारीले गुजरातको टोलीलाई खेलमा फर्कायो । विजय शंकर ३५ बलमा ५३ रन बनाएर आउट भए । यसपछि दासुन शनाका पनि खाता नखोली नै पेभिलियन फर्किए । डेभिड मिलरले पनि चार रन मात्र बनाउन सके ।

गुजरातले २३ रनमा तीन विकेट गुमाएको थियो र यो टोलीले खेल हार्न सक्छ भन्ने लाग्थ्यो तर गिलको योजना अर्कै थियो । उनी एक छेउमा अडिग रहे र तीव्र गतिमा रन बनाए । उनले २० औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरे र टोलीलाई जित दिलाए । गिलले ५२ बलमा पाँच चौका र आठ छक्का प्रहार गर्दै अविजित १०४ रन बनाए । आरसीबीका लागि मोहम्मद सिराजले दुई विकेट लिए । विजयकुमार र हर्षलले एक–एक विकेट लिए ।