१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक छिट्टै संसदबाट पारित हुन्छ – प्रधानमन्त्री

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक छिट्टै संसदबाट पारित हुन्छ – प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिन भित्रै संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदबाट पारित हुने बताउनु भएको छ ।

वेपत्ता योद्धा परिवार समाजले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सबै दलको सहमतीमा नै सो विधेयक संसदबाट पारित हुने दावी समेत गर्नु भयो । प्रधानमन्त्री दाहालले वेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूति, परिपुरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकि काम २ वर्ष भित्रै टुंगोमा पुर्याउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री दाहालले जनयुद्ध र जनआन्दोलनका योद्धाहरुलाई शहीद घोषणा गर्ने, फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले पनि सदन भित्र पनि सबै राजनीतिक दल र सदन बाहिरका पीडितहरुसँग पनि समभदारी बनाएर सत्य निरुपण तथा वेपत्ता आयोग सम्बन्धि विधेयक पारित गर्ने पक्षमा छौं । यसमा रमेश लेखकजीको भूमिका महत्वपूर्ण छ । उहाँले पनि एउटा प्रतिवद्धता छिटो भन्दा छिटो टुंग्याईन्छ । सहमतीबाट टुंग्याईन्छ । र, हामी वेपत्ता योद्धाहरुको स्थितिलाई र सत्य निरुपणसँग सम्बन्धित विषयलाई एउटा टुंगोमा पु¥याईन्छ भन्ने कमिटमेन्ट उहाँले गर्नु भयो । म उहाँलाई पनि विशेष रुपमाले धन्यवाद भन्न चाहन्छु । त्यसैगरी नेकपा एमालेका प्रदिप ज्ञवालीले पनि उहाँले आज वेपत्ता योद्धाका परिवारहरुका अगाडि, शहीद परिवारजनको अगाडि उभिएर जो कमिटमेन्ट उहाँले पनि गर्नु भयो । यसको धेरै ठूलो अर्थ छ भन्ने मैले ठानेको छु । म प्रदिपजीलाई पनि धन्यवाद भन्न चाहन्छु । अव मैले अहिले धेरै लामो भाषण गर्नु छैन । कैयौ कुरा हिजो मैले जस्तो भाषा बोल्थे, आज विप्लवजीले त्यही भाषा बोलेर तपाईहरुलाई भनिनै सक्नु भएको छ । म अहिले फेरी प्रधानमन्त्री छु ।

प्रधानमन्त्रीको भाषा अलि फरक पर्ने रहेछ । प्रधानमन्त्री जस्तो भएर बोल्नु प¥यो नि । त्यसो भएर मैले अहिले धेरै भन्न परेन पनि । किनभने सहयोद्धा कमरेड विप्लवले मैले भन्न चाहेका धेरै कुरा भनिदिनु भयो । यो पटक मैले धेरै नभनि कामचाँही धेरै गर्न चाहेको छु । तपाईहरुले यो सुन्नु भएको छ । भन्न चाही थोरै भन्ने काम चाँही धेरै गर्ने संकल्प मैले प्रधानमन्त्री भएको दिनदेखि गरेको हो । म तपाई वेपत्ता योद्धा परिवारहरुसँग मैले पहिला प्रधानमन्त्री हुने वित्तिकै त्यहाँ जगडोलमा शहीदहरुको नाम, वेपत्ता योद्धाहरुको पनि नाम शीलालेखमा लेखिएको एउटा पार्कको उदघाटन गरेँ । त्यो पहिलो थियो–सबै वेपत्ता योद्धाहरुलाई सम्मान सरकारको तर्फबाट । राज्यको तर्फबाट प्रधानमन्त्रीको हैसियतले गरिएको त्यो सम्मानको सूरुवात थियो । त्यहाँबाट आएपछि नै मैले पहिलो चोटी प्रधानमन्त्री हुँदाको माईनुट खोजे मैले । त्यो १४ वर्ष अगाडिको माइन्यूट मैले समय लगाएर खोजे । र, त्यतिबेला गरिएको निर्णय जनयुद्ध र जनआन्दोलनका सबै शहीदहरुलाई राष्ट्रिय शहीदको मान्यता दिने निर्णय भेटिएपछि मलाई सजिलो भयो राजपत्रमा प्रकाशित गर्ने ।

सबै जनयुद्ध र जनआन्दोलनका र त्यतिबेला जनयुद्धमा चाहे प्रहरी, सेना, माओवादी, काँग्रेस, एमाले जति मारिएका छन । हामी अहिले नयाँ राष्ट्रिय एकताको सन्दर्भमा सबैलाई शहीदको सम्मान दिने भनेर अरुको त भईसकेकै थियो । माओवादीको मात्रै छुटेको थियो । र, मैले ती हजारौं जनयुद्धको शहीदहरुलाई राजपत्रमा शहीदको रुपमा घोषणा गरेर मैले धेरै हल्ला नगरीकन आफ्नो काम गरेँ भन्ने लाग्या छ । त्यसपछि जनयुद्धको दिनलाई के दिन मान्ने भन्ने पनि थियो । मैले धेरै होहल्ला नगरिकन जनयुद्ध दिवसको दिन राष्ट्रिय विदा दिने निर्णय गरेँ । र, जनयुद्ध दिवस मनाउने निर्णय गरियो । कतिपयलाई त्यत्ति सहज नलोको हुन सक्छ । तर मैले त्यो गरेँ । तपाईहरुलाई त्यो थाहा छ । अनि, त्यसपछि त्यो दुइ लाखको कुरा यहाँ पनि उठ्यो । एकराजजीले पनि अघि भन्नु भयो । यो निर्णय भएको थियो २०७१ मा तर, पछि मुद्दा प¥यो । र, सर्वोच्चले त्यसलाई स्टे ग¥यो । फेरी छलफल हुँदै गयो । अन्ततः फेरी सर्वोच्चले यो दिनुपर्छ भन्ने निर्णय गरेपछि मैले सरकार प्रमुखको हैसियतले दिने निर्णय गरेको हो । त्यो अदालतको फैसला अनुसार नै गरेको हो । तर कति ठूलो होहल्ला भयो त्यो दुई लाखमा तपाईहरुले सुन्नु भएको छ ।

अहिले फेरी स्टेमा गएको छ । तर तपाईहामी सबै एक हुँदाखेरी अदालतले फेरी दिनु भन्छ भन्ने नै मलाई विश्वास छ । यो सांकेतिक रुपमा अर्थपूर्ण छ । यी त भए माओवादी आन्दोलनसँग सम्बन्धित कामहरु, जो हामी गरिराखेका छौं । र, अव यो वेपत्ता योद्धाहरुको छानविनको कुरा र सत्य निरुपणको कुरा पनि अन्तिम चरणमा छ । सबैतिर सहमती बनाएर अव केही दिन भित्र त्यो विधेयक पारित गरेर आयोगमार्फत हामीले हिजो मात्रै तपाईहरुले सुन्नु भयो–नीति, कार्यक्रममा हामीले अवको २ वर्ष भित्र सम्पूर्ण काम टुंग्याउनेगरी काम अगाडि बढाउँछौं भनिएको छ । त्यसकारण यो कुरा तपाईहरुलाई आज सुनाउन पाउँदा मलाई विशेष खुशी र गर्व पनि महशुस हुन्छ । हामी टुंग्याउँछौं । त्यसमा नेपाली काँग्रेस, एमालेसहितका दलको पनि सहमती र प्रतिवद्धता भईसकेपछि हामीलाई धेरै सजिलो भएको छ । यो टुंगिन्छ ।

अव हामी सुरुमा वेपत्ता योद्धाहरुको कुरा गर्दा उहाँहरु हुनुहुन्न भन्न हामीलाई पटक्कै मन लाग्दैन थियो । कतै राखिनु भएको होला । कसैले छैन भन्यो भने झम्टिऊ जस्तो लाग्थ्यो । तर अहिले १६ वर्ष वितिसक्दा अव विस्तारै हामी सबै पनि वेपत्ता योद्धाहरुको यथार्थ स्थिति सार्वजनिक भईदिएदेखि उहाँहरु हुनुहुन्न भनेपनि हामी चित्त बुझाउने, राज्यले पनि शहीदको रुपमा सम्मान गरोस् । पार्टी, आन्दोलनले पनि सम्मान गरोस् भन्ने मानसिकता आईपुगेको जस्तो मैले महशुस गर्छु । अव वेपत्ता भनिराख्नु भन्दा उनीहरुको स्थिति सार्वजनिक भर्ईदिएदेखि, उहाँहरु हुनुहुन्न भनिदिएदेखि उहाँहरुलाई राज्यले शहीदको सम्मान दिने, परिपुरण, क्षतिपूर्ति दिने भनिएको छ । त्यो भयो भने हामी चित्त बुझाउँछौं ।’

प्रधानमन्त्री दाहालले माओवादी लडाकुहरुलाई दुई लाख दिने निर्णय अदालतको स्टे अर्डरका कारण रोकिएको समेत स्पष्ट पार्नु भयो । उहाँले आफूले कुरा थोरै र काम धेरै गर्ने गरेको पनि दोहो¥याउनु भयो ।