२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन- विघटन किन गरेको कारण देखाउ , अन्तरिम आदेश पर्दैन: सर्वोच्च अदालत



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार संवैधानिक इजलासले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध यस्तो आदेश जारि गरेको हो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवेदक रहेको मुद्दालाई मूल मुद्दा मानी आउँदो असार ९ गतेदेखि नियमित सुनुवाइ हुने अदालतको आदेश छ । अरु मुद्दालाई लगाऊ मुद्दाको रुपमा राखिएको छ ।