२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन मुद्दामा सर्वोच्चद्वारा लिखित जवाफ माग, असार ९ देखि निरन्तर सुनुवाइ हुने



अ+ अ-

काठमाडौं । सरकारसँग सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

यस्तै विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने भएको छ । करीव दुई साता इजलास गठनको विवादमै अल्झिएको मुद्दा बुधबारबाट सुनुवाइमा गएको हो ।