१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्तसँगै बागमती मन्त्रिपरिषद् विस्तार



अ+ अ-

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ३ जना र नेकपा (एकीकृत समाजवादी) बाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बन्नुभएको छ । कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बन्नुभएको छ ।

एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री रराजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बन्नुभएको छ । नवनियुक्त मन्त्रीहरुको आइतबार नै दिउँसो शपथ हुने जनाइएको छ ।